काठमाण्डौका विभिन्न ठाउँ जलमग्न

 साउन ६, २०७७ मंगलबार ११:९:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – लगातारको पानीले काठमाण्डौं उपत्यकाका विभिन्न ठाउँमा जलमग्न भएको छ । पानीले सडक समेत भरीएपछि नागरिकलाई सास्ती भएको छ ।

गाडी ओहोरमा समस्या भएको छ । सडक मर्मत तथा ढल र खानेपानीको पाइप जडान गर्नका लागि खनिएका ठाउँमा बढी पानी जमेको छ । लगातारको झरीका कारण जमल, चाबहिल चुच्चेपाटी, कलंकीको खसीबजार, बल्खु, खुमलटार लगायतका ठाउँमा सडकमा पानी जमेको छ ।

वाग्मती, विष्णुमती, मनोहरा, हनुमन्ते, नख्खु लगायत नदी किनार र आसपासका सडक किनारमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

अन्तिम अपडेट: फागुन १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया