साढे पाँच सय वर्ष पुराना तीन थान चित्रकला अमेरिकाबाट फिर्ता ...
फागुन २८, २०८१ बुधबार
काठमाण्डौ – प्रदेश नम्बर १ की सांसद उषाकला राईले घरेलु कोदोको रक्सीलाई ब्राण्ड बनाइ विदेश निर्यात गर्ने व्यवस्था गर्न माग गर्नुभएको छ ।
स्थानीयस्तरमा उत्पादन हुने कोदोको रक्सीलाई प्रतिबन्ध (ब्याण्ड) नगरि ब्राण्डको रुपमा विकास गर्न प्रदेश सांसद राईले माग गर्नुभएको हो ।
मङ्गलबार काठमाण्डौमा पत्रकार सम्मेलन गरी घरेलु उद्योगको रुपमा अर्ग्यानिक जडीबुटीयुक्त लोकल कोदोको रक्सी उत्पादन गरी महँगो मूल्यमा विदेश निर्यात गर्ने व्यवस्था मिलाउन सरकारसँग माग गर्नुभएको हो ।
विकसित देशहरुले आफ्नो देशमा उत्पादित रक्सीलाई ब्राण्ड बनाइ प्रवर्द्धन गर्ने तर नेपालको सरकारले ब्याण्ड गरेर नागरिकको सीपलाई दबाउने काम गरेको बताउनुभयो । उहाँले प्रदेश १ सरकारलाई कोदोको रक्सी उत्पादन गर्न ऐन ल्याउन सुझाव दिएको बताउँदै सरकारले विधेयक नल्याए आफूले गैरसरकारी विधेयक प्रदेश संसदमा दर्ता गराउने बताउनुभयो ।
नेपालमा कोदोको रक्सी, गाँजा र रातो चन्दनलाई ब्याण्ड गरिएको भन्दै त्यसलाई ऐनमार्फत नियमन गरी घरेलु उद्योगको रुपमा विकास गर्नुपर्ने राईले बताउनुभयो । अहिले नेपालमा दुई खर्ब बढीको विदेशी रक्सी आयात भइरहेको तर नेपालमै उत्पादन हुने रक्सीलाई माटोमा मिलाइएको भन्दै आवश्यक नियमन गरी गुणस्तरीय रक्सी उत्पादन गर्न प्रोत्साहन गर्नुपर्ने बताउनुभयो ।
घरेलु उद्योगको रुपमा कोदोको रक्सी उत्पादन गरी हजारौँ युवा र महिलालाई स्वरोजगार बनाइ करोडौँ आम्दानी गर्न सक्ने बनाउन सरकारले ब्याण्ड नभइ ब्राण्ड गर्नतर्फ ध्यान दिनुपर्ने राईले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।