साढे पाँच सय वर्ष पुराना तीन थान चित्रकला अमेरिकाबाट फिर्ता ...
फागुन २८, २०८१ बुधबार
काठमाण्डाै – बुधबार एक सय जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले छ । योसँगै नेपालमा सङ्क्रमितको सङ्ख्या १८ हजार ९४ पुगेको छ ।
देशका विभिन्न २८ वटा प्रयोगशालाबाट तीन हजार सात सय ७९ जनाको पीसीआर परीक्षण भएको छ । जसमा एक सय जनामा पोजेटिभ देखिएको छ । अहिले सङ्क्रमण दर २ देखि ३ प्रतिशत मात्रै रहेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताउनुभयो ।
अहिले विभिन्न अस्पतलाका आइसोलेशनमा पाँच हजार तीन सय ७० जना उपचाररत रहेका छन् । प्रवक्ता डा. गौतमका अनुसार प्रदेश नम्बर १ मा एक सय १९, प्रदेश नम्बर २ मा एक हजार आठ सय ७८, वाग्मती प्रदेशमा चार सय २० र गण्डकी प्रदेशमा तीन सय ८९ जना उपचाररत रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा तीन सय ४५, कर्णाली प्रदेशमा दुई सय ९० र सुदूरपश्चिम प्रदेशमा एक हजार नाै सय २७ जना सङ्क्रमित उपचाररत रहेका छन् ।
बुधबार दुई सय सात जना डिस्चार्ज भएका छन् । याेसँगै अहिलेसम्म १२ हजार ६ सय ८४ जना सङ्क्रमित निको भएर डिस्चार्ज भएकोमा प्रदेश नम्बर १ मा सात सय ५२, प्रदेश नम्बर २ मा दुई हजार आठ सय ३५, वाग्मती प्रदेशमा चार सय ५६ र गण्डकी प्रदेशमा एक हजार २४ जना डिस्चार्ज भएका छन् । यस्तै प्रदेश नम्बर ५ मा तीन हजार आठ सय ४८, कर्णाली प्रदेशमा एक हजार पाँच सय ६७ र सुदूरपश्चिम प्रदेशमा दुई हजार दुई सय दुई जना सङ्क्रमित निको भएर घर फर्किएका हुन् ।
२० हजार आठ सय ४२ जना क्वरेण्टीनमा रहेका छन् । प्रदेश नम्बर १ मा दुई हजार पाँच सय ५८, प्रदेश नम्बर २ मा दुई हजार तीन सय ९७, वाग्मती प्रदेशमा एक हजार चार सय ८४ र गण्डकी प्रदेशमा तीन हजार तीन सय नाै जना क्वरेण्टीनमा रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा तीन हजार दुई सय २४, कर्णाली प्रदेशमा एक हजार तीन सय आठ र सुदूरपश्चिम प्रदेशमा ६ हजार पाँच सय ६२ जना क्वरेण्टीनमा रहेका छन् ।
बुधबार एक जना चिनियाँ नागरिकसहित थप दुई जनाकाे काेराेना सङ्क्रमणकाे कारण मृत्यु भएपछि कुल मृतककाे सङ्ख्या ४२ पुगेकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।