साढे पाँच सय वर्ष पुराना तीन थान चित्रकला अमेरिकाबाट फिर्ता ...
फागुन २८, २०८१ बुधबार
काठमाण्डाै – नेपालमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणबाट थप दुई जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार धनुषाका ६० वर्षीय पुरुष र ४९ वर्षीय चिनियाँ महिलाको मृत्यु भएको हो । मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार धनुषाको जनकपुर उपमहानगरपालिकाका पुरुषको साउन ६ गते निधन भएको हाे । खोकी, उच्च ज्वराे र श्वासप्रश्वासमा समस्या आएपछि उहाँ साउन २ गते वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भर्ना हुनुभएकाे थियाे ।
सघन उपचार कक्षमा उपचारकाे क्रममा मृत्यु भएपछि नमुना परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको प्रवक्ता डाक्टर गौतमले बताउनुभयो ।
यस्तै पोखरामा काम गर्दै आएकी चिनियाँ महिलाको कोरोनाकाे कारण मृत्यु भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई मणिपाल अस्पताल भर्ना गरिएको थियो । थप उपचारकाे लागि हेलिकप्टरबाट काठमाडौको ग्राण्डी अस्पताल ल्याइएकोमा कोरोना परीक्षण गर्दा रिपाेर्ट पोजेटिभ देखिएको थियो ।
कोरोना पुष्टि भएपछि थप उपचारकाे लागि टिचिङ अस्पताल लगिएकोमा बुधबार निधन भएको हो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ४२ पुगेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।