उर्जा मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवका आयोजनामा प्रगति निराशाजनक
मंसिर १२, २०८१ बुधबार
काठमाण्डाै – सिभिल मल व्यवस्थापनले लकडाउन अवधिको चार महिनाकाे मासिक भाडादरमा ५० प्रतिशत छुट दिने भएको छ ।
विश्व महामारीको रुपमा फैलिएको कोभिड–१९ का कारण सरकारले गरेको लकडाउन अवधिको चार महिनाको मासिक भाडादरमा व्यवस्थापनले ५० प्रतिशत छुट दिने भएको हो । सिभिल मल व्यापार सङ्घका अध्यक्ष रत्नबहादुर घिमिरेले चैतदेखि असारसम्म चार महिनाकाे ५० प्रतिशत छुट, साउन भदौ र असोज गरी तीन महिनाको भाडामा ४० प्रतिशत छुट दिने व्यवस्थापन पक्षसँग सहमति भएको बताउनुभयो ।
कात्तिकदेखि एक वर्षसम्मको अवधिमा पसलहरुको प्रकृतिअनुसार ६ देखि १० प्रतिशतसम्म छुट दिने सहमति पनि व्यवस्थापनसँग बनेको उहाँले बताउनुभयो ।
सरकारले साउन ७ गतेसम्म लकडाउन जारी राख्ने निर्णय गरे पनि मलका व्यवसायीहरुले असार १ गतेबाट नै पसल सञ्चालन गरेका थिए । पसल सञ्चालन भए पनि व्यापार शून्य अवस्थामा रहेपछि उनीहरुले भाडादरमा सहुलियत दिन व्यवस्थापन पक्षसँग आग्रह गर्दै आएका थिए । सिभिल मल बचाउ अभियान नै सञ्चालन गरेर व्यवसायीहरुले असार २१ गतेबाट शान्तिपूर्ण कार्यक्रमसँगै साँचोसमेत हस्तान्तरण गरेका थिए ।
मङ्गलबार मध्यरातिबाट लागू हुने गरी सरकारले लकडाउन अन्त्यको घोषणा गरिसकेको छ । सरकारले लकडाउन खोले पनि कोरोना सङ्क्रमणको जोखिम भने कायमै रहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
alok
July 24, 2020, 9:08 a.m.काठमाण्डौमा कोठा भाडामा बस्नेलाई नि केही छुट छ कि ? म एउटा साधारण परिवारको मान्छे , वुवाले दिनहुँ काम गरेर कमाउनुहुन्थ्यो , अहिले न त काम छ , न त कमाइ नै /उता काठमाण्डौमा घरवेटीले फोन गर्या गरेकै छ कोठाको भाडा चाहियो भनेर ...अब मा कोठाभाडा कहाँवाट ल्याएर तिरौं ? ४ महिनाको कोठाभाडा बाँकी छ , कृपया हाम्रो लागि पनि पहल गरिदिनु पर्यो / कम्तिमा ५० प्रतिशत कोठाभाडा छुट गरिदिएकोभए तिर्न आँट आउंथ्यो /