उर्जा मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवका आयोजनामा प्रगति निराशाजनक
मंसिर १२, २०८१ बुधबार
काठमाण्डाै – विश्व बैंकले गएको आर्थिक वर्ष २०७६/७७ मा नेपालको आर्थिक वृद्धिदर जम्मा १ दशमलव ८ प्रतिशतमा सीमित रहने जनाएको छ ।
विश्वबैंकले यसअघि नेपालको आर्थिक वृद्धिदर १ दशमलव ५ देखि दुई दशमलत ८ प्रतिशतको बीचमा रहने दाबी गरेको थियो । तर आज ‘नेपाल डेभलपमेन्ट अपडेट २०२०’ सार्वजनिक गर्दै विश्व बैंकले आर्थिक वृद्धिदर १ दशमलव ८ प्रतिशत मात्रै हुने उल्लेख गरेको छ ।
कोरोना भाइरसको महामारीका कारण नेपालको अर्थतन्त्रमा ठूलो प्रभाव पारेकाले आर्थिक वृद्धिदरमा ठूलो गिरावट आएको विश्वबैंकले जनाएको छ । केन्द्रीय तथ्यांक विभागले आर्थिक वर्ष २०७६/७७ मा २ दशमलव ३ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुने प्रक्षेपण गरेको छ ।
नेपालले २०७२ सालको भूकम्प पछिका आर्थिक वर्षमा औसतमा साढे ६ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्दै आएको थियो, तर कोरोनाका कारण गएको आर्थिक वर्ष भने नेपालको आर्थिक वृद्धिदर दुई दशमलव ३ प्रतिशतमा झर्ने सरकारले जनाएको छ ।
प्रतिवेदन सार्वजनिक कार्यक्रममा अर्थमन्त्री डाक्टर युवराज खतिवडाले कोरोना भाइरस, सलहको प्रकोप, प्राकृतिक प्रकोप लगायतका समस्याका कारण नेपालको आर्थिक वृद्धिदर खुम्चिएको बताउनुभयो । तर चालू वर्षमा ७ प्रतिशतको आर्थिक वृद्धिदर हुने उहाँको दाबी छ ।
कोरोनाको प्रभाव कायमै रहे पनि चालू आर्थिक वर्ष अर्थात २०७७/७८ मा पनि ७ प्रतिशतको आर्थिक वृद्धि हासिल हुने बजेटमा उल्लेख छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।