विश्वभर कोरोना सङ्क्रमण निको हुनेको सङ्ख्या ९९ लाख नाघ्याे

 साउन ११, २०७७ आइतबार ७:३:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - विश्वभर कोरोना सङ्क्रमण निको हुनेको संख्या ९९ लाख नाघेको छ । अहिलेसम्म १ करोड ६१ लाख ८९ हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि हुँदा ९९ लाख ७ हजार २ सय ३२ जना उपचारपछि निको भएको वल्डोमिटरले जनाएको छ ।

वल्डोमिटरका अनुसार गएको २४ घण्टामा १ लाख ९० हजार ४ सय ४२ जना उपचारपछि निको भएका हुन् । अहिले उपचार गराइरहेका ५६ लाख ३४ हजारभन्दा धेरैमध्ये एक प्रतिशत अर्थात ६६ हजार जनाको अवस्था जटिल रहेको र बाँकी ५५ लाख ६८ हजारको अवस्था सामान्य रहेकाे छ ।

६ लाख ४७ हजार जनाको भने कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ । गएको २४ घण्टामा मात्रै विश्वभर साढे ६ हजारभन्दा धेरैको ज्यान गएको छ भने झण्डै २ लाख ८९ हजार जना नयाँ बिरामी थपिएका छन् । 

गएको २४ घण्टामा अमेरिकामा मात्रै झण्डै साढे ७८ हजार नयाँ बिरामी थपिएका छन् भने एक हजारभन्दा धेरैको ज्यान गएको छ । यस्तै ब्राजिलमा ५८ हजारभन्दा धेरै बिरामी थपिदा एक हजारभन्दा धेरैले ज्यान गुमाएका छन् । 

यस्तै भारतमा साढे ४८ हजार बिरामी थपिएका छन्, ७ सय ६१ जनाको ज्यान गएको छ । भारतमा अहिलेसम्म सङ्क्रमितको संख्या १३ लाख ३७ हजार नाघेको छ भने ३१ हजारभन्दा धेरैले ज्यान गुमाएका छन् । 
 

अन्तिम अपडेट: मंसिर ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया