मनसुन फेरि सक्रिय, भिरालो जमिन र तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

 साउन १३, २०७७ मंगलबार ७:३६:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - मनसुन फेरि सक्रिय भएकाले बाढी, पहिरो र डुबानको जोखिम बढेको छ । 

रातिदेखि नै मनसुन सक्रिय भएकाले देशका धेरै ठाउँमा पानी परेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो । 

उहाँकाअनुसार विशेषगरी पूर्वका धेरै ठाउँमा पानी परेको छ । यस्तै सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशमा पनि पानी परेको छ । अरु प्रदेशका पनि विभिन्न ठाउँमा पानी परेको छ । 

तर नजिकै कतै पानी परे पनि नजिकै अर्को ठाउँमा पानी परेको छैन । राति पानी नपरेका ठाउँमा पनि अब बिस्तारै पानी पर्न थाल्ने मौसमविद् प्रधानाङ्गको भनाइ छ । 

मनसुनकै प्रभावले आज बेलुकी र भोलि केही ठाउँमा ठूलो पानी पर्ने संभावना रहेको उहाँले बताउनुभयो । 

पानी धेरै पर्ने भएकाले यसअघि पहिरो गएका ठाउँ, भिरालो जमिन आसपास र नदी तटीय क्षेत्रका बासिन्दा सतर्क हुनुपर्नेछ । 

गएको २४ घण्टामा लुम्लेमा १ सय ७१ दशमलव ७ मिलीमिटर र पोखरामा १ सय ४९ दशमलव ७ मिलीमिटर तथा पानी परेको छ । 


 

अन्तिम अपडेट: फागुन २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया