बाढी र पहिरोका कारण अवरुद्ध यी सडकखण्ड अझै सञ्चालनमा आएनन्

 साउन १३, २०७७ मंगलबार ८:२३:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - बाढी र पहिरोका कारण बन्द भएका केही सडकखण्ड अझै खुल्न सकेका छैनन् ।

केही सडकखण्ड भने एकतर्फी रुपमा खुलेका छन् । अरनिको राजमार्ग अन्तर्गत काभ्रे-सिन्धुपाल्चोक हुँदै दोलखा जाने सडकखण्ड बन्द छ ।

सिन्धुपाल्चोकको बलेखी गाउँपालिका-५ मा पहिरो खसेकाले यो सडकखण्ड अवरुद्ध भएको हो । पहिरो पन्छाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । यस्तै साँफेबगर-मार्तडी सडकखण्ड पनि लामो समयदेखि बन्द छ । बुढीगङ्गा नदीले कटान गरेपछि अवरुद्ध यो सडकखण्ड खुल्न समय लाग्ने सडक विभागले जनाएको छ । 

यस्तै पहिरोका कारण अवरुद्ध बेनी-जोमसोम-कोरोला सडकखण्ड पनि सञ्चालनमा आउन सकेको छैन । म्याग्दीको दाना र गलेश्वर क्षेत्रमा पहिरो खस्दा र बेलिब्रिज बगाउँदा यो सडकखण्ड गएको असार २६ गतेदेखि अवरुद्ध भएको हो । 

यो सडकखण्डको अम्कोट-ताप्रीसेर-घट्टेखोलालगायतका ठाउँमा पहिरोसमेत गएको छ । यस्तै ठाउँ-ठाउँमा पहिरो गएपछि अवरुद्ध महाकाली राजमार्ग अन्तर्गत सतबाँझ-दार्चुला सडकखण्ड पनि सञ्चालनमा आएको छैन । ठाउँ-ठाउँमा पहिरो गएपछि अवरुद्ध कान्ति लोकपथ पनि खुलेको छैन । बेशी शहर-चामे सडकखण्ड पनि बन्द नै छ ।

घोप्टेखोला-रामबजार-च्याम्चेमा पहिरो गएकाले यो सडकखण्ड अवरुद्ध भएको हो । पहिरोका कारण डुम्रे-बन्दीपुर सडकखण्ड पनि अवरुद्ध छ । रसुवागढी नाका जोड्ने सडक ६ दिनदेखि ठप्प छ । बिहीबारदेखि अवरुद्ध भएको स्याफ्रु-रसुवागढी सडकको पहिरो हटाउन नसक्दा सडक सञ्चालनमा आउन नसकेको हो ।

बेनी-जोमसोम-कोरोला सडकखण्ड अन्तर्गतको नच्र्यागंं-रुप्से-खहरेखोला-काइकुखोला-घासा-लेते सडकखण्ड अवरुद्ध छ । ठाउँ-ठाउँमा पहिरो जाँदा र सडक भासिँदा यी सडकखण्ड अवरुद्ध भएका हुन् । 

यसैबीच पहिरोका कारण लामो समय अवरुद्ध भएको डुम्रे बेशी शहर सडकखण्ड र अरनिको राजमार्ग अन्तर्गत जम्बु-झ्याले-डाकलांग र शिरीसे सडकखण्डमा भने एकतर्फी रुपमा गाडी चल्न थालेका सडक विभागले जनाएको छ ।  

कुन सडकको अवस्था कस्तो छ थाहा पाउन यहाँ हेर्नुहोस् । 

अन्तिम अपडेट: फागुन २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया