नेता गौतमको प्रस्ताव : ओली महाधिवेशनसम्म अध्यक्ष र पाँच वर्ष प्रधानमन्त्री

प्रचण्डलाई कार्यकारी अधिकारसहितको अध्यक्षको जिम्मेवारी

 साउन १३, २०७७ मंगलबार १२:३३:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले प्रतिनिधिसभाको यो कार्यकालभरि केपी शर्मा ओली नै प्रधानमन्त्री रहने र एकता महाधिवेशन नहुञ्जेल अध्यक्षमा पनि कायम रहने गरी सहमतिको प्रस्ताव पेश गर्नुभएको छ । 

उपाध्यक्ष गौतमले सहमतिका लागि ६ बुँदे प्रस्ताव पेस गर्नुभएको हो । उहाँले अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई एकता महाधिवेशनसम्म सम्पूर्ण कार्यकारी अधिकारसहित अध्यक्षको जिम्मेवारी दिने प्रस्ताव पनि गर्नुभएको छ । 

पार्टीको विग्रह तत्कालका लागि रोक्न भन्दै गरिएको प्रस्तावमा प्रधानमन्त्री ओलीका दैनन्दिनका कामहरुमा पार्टीले हस्तक्षेप नगर्ने तर राष्ट्रिय अन्तर्राष्ट्रिय महत्त्वका विषयमा निर्णय गर्नुअघि पार्टीको सचिवालयमा छलफल गर्नुपर्ने उल्लेख छ । 

यस्तै पार्टी सचिवालयको सुझाव र परामर्शमा मन्त्रिपरिषद्को पुनर्गठन र राजनीतिक तथा संवैधानिक नियुक्ति गर्ने तथा आउँदाे दिनमा पार्टीको बैठक पार्टी कार्यालयहरुमा गर्ने प्रस्ताव छ । 

संसदमा नीति तथा कार्यक्रम र बजेट ल्याउनुअघि पार्टी सचिवालयमा परामर्श लिनुपर्ने पनि उनको प्रस्ताव छ । 

पार्टीको एकता महाधिवेशन सहमतिमा आयोजना गर्ने पनि नेता गौतमको प्रस्तावमा उल्लेख छ ।

हेर्नुहाेस् प्रस्ताव–  

अन्तिम अपडेट: फागुन २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया