काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
बर्दिया – अविरल वर्षाका कारण बर्दियाका विभिन्न नदी तथा खोलामा बाढी आउँदा थुप्रै घर डुबानमा परेका छन् ।
बर्दियाको कर्णाली नदी, बबई नदी, मान खोला, ओराही खोलालगायतका स्थानीय खोलामा आएको बाढीका कारण एक सय घर डुबानमा परेका हुन् । जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रका सूचना अधिकृत रुपन ज्ञवालीका अनुसार ठाकुरबाबा नगरपालिकाका केही गाउँ जलमग्न भएका छन् । बर्दिया निकुञ्जभित्रको जङ्गलबाट आएको बाढीका कारण ठाकुरबाबा नगरपालिका वडा नम्बर ६, ७ र ८ का केही गाउँ डुबानमा परेका छन् ।
मधुवन नगरपालिका वडा नम्बर १ को एउटा सामुदायिक विद्यालयमा पनि बाढी पसेको छ । बाढी प्रभावित घरपरिवारलाई सुरक्षित ठाँउमा राखिएको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ ।
यसैबीच कर्णाली नदीमा पानीको सतह बढेपछि कर्णाली नदी किनारमा रहेका बर्दियाको राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाका बस्तीमा बाढीको खतरा बढेको छ ।
कर्णाली नदीमा बुधबार बिहान पानीको सतह खतराको सङ्केतसम्म पुगेको भए पनि अहिले भने नदीमा पानीको सतह घट्दो क्रममा रहेको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ । बाढी पस्न सक्ने भन्दै कर्णाली नदी किनारका बासिन्दालाई सतर्क भइ नआत्तिकन सुरक्षित ठाँउमा जानका लागि तयारी अवस्थामा रहन प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले आग्रह गर्नुभएको छ । उहाँँले उद्धारका लागि सुरक्षाकर्मीलाई पनि तयारी अवस्थामा राखिएको जानकारी दिनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ ।