१९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेटमा नेपालले आज बङ्गला...
माघ ५, २०८१ शनिबार
काठमाण्डाै – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको केन्द्रीय अनुशासन समितिको कार्यक्षमता नियतमाथि प्रश्न उठाउनुभएको छ ।
पौडेलले आज सामाजिक सञ्जाल ट्वीटरमा टिप्पणी गर्दै वागी उम्मेदवार, उम्मेदवारी खोसिएका र चुनावपछि पार्टीको आन्तरिक विवादमा परेका व्यक्तिलाई विधानको एउटै दफा प्रयोग गरी कारवाही गरेको भन्दै अनुशासन समितिको नियतमाथि प्रश्न उठाउनुभएको हो।
#2 सिटिङ्ग संसदको उम्मेदवारी खेसिएका कैलालीका श्री पुश्कर ओझालाई स्पष्ट आधार र कारण बिना बागी उमेदवार संग जोडी विधानको दफा ३४ वमोजिम ५ वर्षको लागि पार्टीवाट निस्कासनको कारवाही गर्नु नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको नियत र कार्यक्षमता माथी गंभीर प्रश्न उठेको छ।
— Ram Chandra Paudel (@NcPaudel) July 30, 2020
उहाँले विगत चुनावमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिने ३२ जना उम्मेदवार र प्रस्तावक समर्थकलाई नेपाली कांग्रेसको विधानको दफा ४ बमोजिम पार्टी सदस्यता नरहने गरी निस्कासित गर्दा तनहुँ क्षेत्र नं १ मा वागी उम्मेदवारलाई कारवाही नगरेकोमा समेत असन्तुष्टि जनाउनुभएको छ ।
उहाँले तनहुँ क्षेत्र नम्बर १ मा वागी उम्मेदवारी दर्ता गरेकागोविन्दराज जोशीसँग जोडेर सिटिङ सांसद तथा उम्मेदवारी खेसिएका कैलालीका पुष्कर ओझालाई स्पष्ट आधार र कारण विना विधानको दफा ३४ बमोजिम ५ वर्षको लागि पार्टीबाट निस्कासनको कारवाही गर्नु पार्टीको केन्द्रीय अनुशासन समितिको नियत र कार्यक्षमतामाथि गम्भीर प्रश्न उठेको उल्लेख गर्नुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।