धुलिखेल क्षेत्रका क्षतिग्रस्त खानेपानी आयोजनालाई जर्मन सरकारले ...
पुस १९, २०८१ शुक्रबार
धनगढी – कैलालीको गोदावरीमा सुदूरपश्चिमको राजधानी घोषणा भएको झण्डै दुई वर्षपछि जग्गाको भोगाधिकार प्राप्तिका लागि प्रक्रिया थाल्ने निर्णय भएको छ ।
प्रदेश राजधानी पूर्वाधार विकास समितिका अध्यक्षसमेत रहनु भएका मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा बसेको बैठकले राजधानी स्थापना गर्न आवश्यक पर्ने जग्गाको भोगाधिकार प्राप्तिको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो ।
सङ्घीय सरकारबाट जग्गाको भोगाधिकार प्राप्तिका लागि काम कारबाही अगाडि बढाउने निर्णय भएको प्रदेश राजधानी पूर्वाधार निर्माण परियोजनाका कार्यकारी निर्देशक हेमराज विष्टले जानकारी दिनुभयो । यस्तै बैठकले राजधानी निर्माणको सम्भाव्यता अध्ययन र वातावरणीय प्रभाव मूल्याङ्कनकाे कामसमेत अगाडि बढाउने निर्णय गरेको कार्यकारी निर्देशक विष्टले बताउनुभयो ।
यसअघि २०७५ साल असोज १२ गते प्रदेश सभाबाट दुई तिहाइ बहुमतले कैलालीको गोदावरी जङ्गलमा राजधानी बनाउने निर्णय भएको थियो । तर अहिलेसम्म प्रदेश सरकारले जग्गाको भोगाधिकारसमेत पाएको छैन ।
प्रदेश सभाकाे बहुमतले पारित गरेको निर्णयअनुसार प्रदेशको राजधानी गोदावरी नगरपालिका वडा नम्बर २ र ४ मा राख्नका लागि तेघरी सामुदायिक वनको तीन सय ४१ हेक्टर क्षेत्रफल आवश्यक देखिएको छ । राजधानी तोकिएको क्षेत्र तेघरी सामुदायिक वन पर्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।