आर्मीलाई हराउँदै एपीएफ एन्फा महिला लिगको फाइनलमा
माघ १२, २०८१ शनिबार
भोजपुर – जिल्ला अस्पताल भोजपुरमा ज्वरोका बिमारी बढेका छन् । दैनिक २० जनाभन्दा धेरै ज्वरोका बिरामी अस्पतालमा भर्ना हुन आउने गरेको अस्पतालले जनाएको छ ।
व्यक्तिगत सरसफाइमा ध्यान नदिँदा उच्च ज्वरो, टाइफाइड, स्क्रब टाइफस र भाइरल फ्लु जस्ता समस्याका बिरामी बढेको जिल्ला अस्पताल भोजपुरका डाक्टर अमितेसराज पाण्डेले बताउनुभयो । डा. पाण्डेले भन्नुभयो, ‘उच्च ज्वरो, टाइफाइड, स्क्रब टाइफस र भाइरल फ्लुका बिरामी बढे पनि बिरामीको ट्राभल हिस्ट्री सामान्य जिल्लाभित्र मात्र भएकाले कोरोना सङ्क्रमणको शङ्का छैन ।’
उच्च ज्वरो, टाइफाइड, स्क्रब टाइफस र भाइरल फ्लुबाट बच्न विशेषतः सरसफाइमा ध्यान दिनुपर्र्ने, सफा उमालेको अर्थात् फिल्टर गरेको पानी खान, झुल लगाएर सुत्न डाक्टर पाण्डेको सुझाव छ ।
अस्पतालले कोरोना सङ्क्रमणलाई मध्यनजर गर्दै ज्वरोका बिरामीलाई छुट्टै स्थानमा उपचार गरिरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
विध्या कुमार नायक
Aug. 13, 2020, 4:50 p.m.कोरोनाको त्रासमा र सरकारले पनी कोरोनाको उपचारमा मात्र ध्यान दिएर अरु रोगले धेरै मान्छे मर्ने हो कि भन्ने डर लाग्न थालिसक्यो। यसलाई समयमै धयान पूर्वक हेर्नु पर्यो।