१९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेटमा नेपालले आज बङ्गला...
माघ ५, २०८१ शनिबार
काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको छलफल विवाद समाधानतर्फ केन्द्रित भएको छ ।
बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा चार घण्टा भएको छलफल समाधानको बाटोतर्फ केन्द्रित भएकाे प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले उज्यालोलाई जानकारी दिनुभयो । विवाद समाधानको लागि ठ्याक्कै एउटै एजेण्डामा छलफल नभएको तर अब छिटै नै सहमति गर्ने गरी कुराकानी भएको सापकोटाले बताउनुभयो ।
दुई अध्यक्षबीच आठ दिनपछि बिहीबार छलफल भएको हो । प्रधानमन्त्रीका प्रेस संयोजक रामशरण बजगाईंले याे छलफलमा नेकपाका महासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्य जनार्दन शर्मा र शङ्कर पोखरेल पनि सहभागी भएको बताउनुभएको छ । तर प्रचण्डका प्रेस संयोजक सापकोटाले भने आज बालुवाटारमा दुई अध्यक्षबफच मात्रै छलफल भएको दाबी गर्नुभयो । बुधबार प्रधानमन्त्री ओलीले एक टेलिभिजन अन्तर्वार्तामा पाँच दिनभित्र नेकपाभित्रको विवाद समाधान हुने दाबी गरेको भोलिपल्ट नै छलफल हुनुलाई महत्त्वका साथ हेरिएको छ ।
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले स्थायी समिति बैठकमा आफू नजाने, केन्द्रीय समिति बैठक नबोलाउने, स्थायी समिति बैठक राखेमा वैधानिक नहुने, अध्यक्ष र प्रधानमन्त्रीको पद नछोड्ने लगायत अडान राख्दै आउनुभएको छ ।
अर्का अध्यक्ष प्रचण्डले भने प्रधानमन्त्री ओलीले कुनै एक पदबाट राजीनामा दिनुपर्ने, राेकिएकाे स्थायी समिति बैठक सुरु गर्नुपर्ने र त्यो नभए केन्द्रीय समिति बोलाउनुपर्ने बताउँदै आउनुभएको छ । यही कारणले नेकपामा विवाद बढेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।