१९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेटमा नेपालले आज बङ्गला...
माघ ५, २०८१ शनिबार
काठमाण्डाै – सरकारले परराष्ट्र मन्त्रालयका तीन जना सहसचिवलाई तीन वटा देशको राजदूतकाे रुपमा नियुक्त गरेको छ ।
सोमबारको मन्त्रीपरिषद्को बैठकले बेल्जियम र युरोपेली युनियनको राजदूतमा गेहेन्द्र राजभण्डारी, पाकिस्तानको लागि तापस अधिकारी र जर्मनीको लागि रामकाजी खड्कालाई नियुक्त गरेको हो । उहाँहरु तीनै जना परराष्ट्र मन्त्रालयका कर्मचारी हुनुहुन्छ ।
यस्तै सरकारले विद्युत् प्रसारण र वितरण प्रणालीको लागि एसियाली विकास बैंकबाट दुई सय मिलियन डलर अर्थात् झण्डै २४ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण लिने निर्णय गरेको छ । यस्तै यसै परियोजनाको लागि नर्वे सरकारबाट ३५ मिलियन मिलियन डलर अर्थात् चार अर्ब रुपैयाँ अनुदान लिने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ ।
यस्तै सरकारले विश्व बैंक अन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगमको शेयर खरिद गर्न थप शेयर लगानी गर्नको लागि अर्थ मन्त्रालयलाई स्वीकृति दिएको छ ।
मन्त्रिपरिषद्ले राजस्व बोर्डको प्रमुखमा पूर्वसचिव महेश दाहाल र सदस्यमा निर्मलहरि अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
यस्तै सरकारले समाज कल्याण परिषद्को कोषाध्यक्षमा डाक्टर लोकनाथ सुवेदीलाई नियुक्त गरेको छ । युवा तथा साना व्यवसायी स्वरोजगार कोषको उपाध्यक्षमा डाक्टर देवराज रोका नियुक्त हुनुभएको छ ।
साथै प्रेस काउन्सिल नेपालको कार्यवाहक अध्यक्षमा दुर्गा भण्डारी पौडेल नियुक्त हुनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।