धुलिखेल क्षेत्रका क्षतिग्रस्त खानेपानी आयोजनालाई जर्मन सरकारले ...
पुस १९, २०८१ शुक्रबार
कैलाली – धनगढी उपमहानगरपालिका १४ की २७ वर्षीया महिलाले कोरोना महामारीपछि सेती अस्पतालमा काम गर्न थालेकी हुन् । अस्पतालले आइसोलेशन वार्डमा आठ जना सरसफाइ कर्मचारी भर्ना गर्दा उनले पनि गएको वैशाखमा जागिर पाइन् ।
‘सात वर्षीया छोरीलाई घरमै छोडेर उनको पालन पोषणका लागि खर्चको जोहो गर्न महामारीका बेला सरसफाइको काम गर्नु रहर नभएर बाध्यता थियो’, उनले भनिन्, ‘सबैतिर महामारी फैलिएका बेला कोरोनाका बिरामी भर्ना हुने आइसोलेशनमा सरसफाइको काम थाल्दा मनमा भय भए पनि विपन्नता मेरो ठूलो बाध्यता थियो ।’
वैशाखदेखि एक महिना आइसोलेशन र एक महिना अन्य वार्डको सरसफाइ गर्ने कार्यतालिका निर्धारण गरेर उनीहरुलाई अस्पतालले काममा खटाएको थियो । आइसोलेशनको सरसफाइ गर्ने एक महिने ड्युटी सकेर कोरोना परीक्षणपछि मात्र उनीहरुले अन्य वार्डको सरसफाइ गर्न पाउँछन् ।
तर कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि ती महिला पनि अन्य सङ्क्रमित राखिएको आइसोलेशनमा भर्ना भइन् । अस्पतालले कोरोना पोजेटिभ देखिएको रिर्पोट थमाए पनि उनमा स्वास्थ्य समस्या भने छैन । ‘स्वास्थ्यमा त्यस्तो समस्या त केही छैन । तर मन आत्तिँदो रहेछ’, उनले भनिन्, ‘रिर्पोट पोजेटिभ आयो भन्दा मन आत्तियो तर मसँगै काम गर्ने दिदी पनि सङ्क्रमित भएकाले खासै पीर लागेन । अहिले हामी छुट्टै बसेका छौँ ।’
ती महिलाका श्रीमान् कोरोना महामारीपछि मात्र भारतबाट फर्किएका थिए । श्रीमानको रोजगारी गुमेपछि घर खर्च धान्न ती महिलाले सेती अस्पतालमा सरसफाइ कर्मचारीको रुपमा काम गर्न थालेकी थिइन् ।अहिले श्रीमान् र छोरी घरमै रहेको उनले बताइन् ।
‘श्रीमानको रोजगारी गुमेपछि खर्चको जोहो गर्न सरसफाइको काममा लागेकी थिएँ तर म आफै सङ्क्रमित भएँ । अब कसरी दैनिकी चलाउने ? छोरीलाई कसरी पाल्ने ?’ उनले भनिन् ।
तर स्वास्थ्यमा कुनै खालको समस्या नभएकाले कोरोनालाई जितेर फेरि काममा फर्किने विश्वास उनमा छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।