१९ वर्षमुनिको महिला टी–२० विश्वकप भोलिदेखि मलेसियामा शुरू ह...
माघ ४, २०८१ शुक्रबार
काठमाण्डाै – काँकडभिट्टा इनरुवा रेलमार्ग ठेक्का प्रक्रियाको विरोधमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विरोध प्रदर्शन गरेको छ ।
ठेक्का प्रक्रियाको विरोध गरिरहेको कांग्रेसको भातृ संगठनका नेताहरुले आज माइतीघरमा प्रदर्शन गरेका हुन् । ठेक्का प्रक्रियाको छानबीन गरी दोषीलाई कारवाही गर्नुपर्ने माग गर्दै भातृ संगठनका नेताहरुले मौन विरोध प्रदर्शन गरेका हुन् ।
महामारीको समयमा जनता कोरोनाबाट प्रभावित भइरहेको बेला सरकारले मिलाेमताेमा ठेक्का दिएको उनीहरुको आरोप छ । अहिले उपत्यकामा निषेधाज्ञा जारी छ । सङ्क्रमण्को जोखिम दिनदिनै बढ्दै गएपछि प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।
निषेधाज्ञाकै बीचमा कांग्रेसकाे भातृ संगठनका नेताहरु प्रर्दनमा उत्रिएका हुन । १२ जनामात्रै सहभागी भएर सामाजिक दूरी कायम गरी प्रदर्शन गरिएको उनीहरुले बताएका छन् ।
रेलमार्गको ठेक्कापट्टा रोकेर छानविन गर्न लेखा समिति, विकास समिति र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई उनीहरुले आग्रह गरेका हुन् । प्रदर्शनकै क्रममा प्रहरी आइपुगेपछि उनीहरु तितरबितर भएका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।