कांग्रेस सभापति देउवा कन्ट्याक्ट ट्रेसिङमा : संवैधानिक नियुक्तिबारेको छलफल स्थगित हुने

 असोज १, २०७७ बिहीबार १०:५५:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – कांग्रेस सभापति शेरबहादुर देउवा कन्ट्याक्ट  ट्रेसिङमा पर्नुभएको छ । देउवाको नीजी सचिवालयमा कार्यरत एक जनामा कोरोना पोजेटिभ देखिएसँगै देउवा होम क्वरेण्टीमा बस्नुभएको छ ।

सचिवालयमा कार्यरत अन्य चार जनाको रिपोर्ट भने नेगेटिभ आएको छ । सभापति देउवाको भोलि स्वाब परीक्षण गरिने सहयोगी भानु देउवाले जानकारी दिनुभयो । देउवा होम क्वरेण्टीमा बसेसँगै आजका लागि तय भएको सत्तारुढ र प्रमुख प्रतिपक्षी दलबीचको छलफल पनि स्थगित हुने भएको छ ।

संवैधानिक नियुक्ति टुंग्याउन सत्तारुढ नेकपाले आज प्रमुख प्रतिपक्षी दल कांग्रेससँग छलफल गर्ने तयारी थियो । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच हिजो भएको छलफलमा प्रमुख प्रतिपक्षी कांग्रेससँगको परामर्शमा लामो समयदेखि नियुक्ति हुन नसकेका संवैधानिक अंग र विश्व विद्यालयका पदाधिकारीहरुको नियुक्ति टुंग्याउने समझदारी भएको थियो ।

त्यसैअनुसार आज प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख प्रतिपक्षी कांग्रेससँग छलफल गर्ने तयारी थियो । संवैधानिक परिषदमा प्रमुख प्रतिपक्षी दलका नेता सदस्य रहने व्यवस्था छ । रिक्त आयोग र विश्वविद्यालयका पदाधिकारी नियुक्तिमा कांग्रेसले पनि आफ्नो अडान राख्दै आएको छ । देउवाको कोरोना परीक्षणको रिपोर्ट आएपछि मात्र बैठक बस्नेछ ।

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया