१९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेटमा नेपालले आज बङ्गला...
माघ ५, २०८१ शनिबार
काठमाण्डाै – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सत्तारुढ दल नेकपा संविधानको मर्म विपरीत केन्द्रीकृत प्रणालीमा अगाडि बढिरहेको आरोप लगाउनुभएको छ ।
सर्वोच्च कमाण्डर गणेशमान सिंहको स्मृति दिवसमा आयोजित एक कार्यक्रममा बोल्दै नेता सिंहले दुई तिहाइ बहुमत भएको पार्टी केन्द्रीकृत प्रणालीलाई स्थापित गर्न अगाडि बढिरहेको आरोप लगाउनुभएको हो । संविधान कार्यान्वयनको चरणमा भए पनि सरकारको रवैया केन्द्रीकृत प्रणालीमा जाने गरी अगाडि बढिरहेको उहाँले बताउनुभयो ।
संविधान दिवसकाे पूर्व सन्ध्यामा नेता सिंहले देश सङ्घीय संरचनामा गएर अहिले पालिका र प्रदेश सरकारहरु भए पनि उनीहरुलाई काम गर्न सत्तारुढ दलले बाधा पुर्याइरहेको बताउनुभयो । नागरिकहरु कोरोना महामारीको चपेटामा रहे पनि सरकारले उनीहरुलाई सुरक्षित महसुस गराउन नसकेको उहाँले बताउनुभयो ।
महामारीका बेला गुर्नपर्ने न्यूनतम कामसमेत सरकारले गर्न नसकेको उल्लेख गर्दै उहाँले औषधि उपकरण खरिदमा समेत घोटाला गरेर नागरिककाे चित्त दुखाइरहेको बताउनुभयो ।
२०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको २३ औँ स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसकै अवसरमा नेता प्रकाशमान सिंहले गणेशमान सिंहको फोटोमा माल्यार्पण गर्नुभएको छ ।
विसं १९७२ कात्तिक २४ गते काठमाण्डौको क्षेत्रपाटीमा जन्मनुभएका नेता सिंहको विसं २०५४ साल असोज २ गते निधन भएको हो । गणेशमान सिंहले १९९७ सालमा स्थापना भएको नेपालको पहिलो राजनीतिक पार्टी प्रजा परिषद्को सदस्य भइ राणा शासन हटाउने अभियानमा आफूलाई सक्रिय बनाउनुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।