११ वटा एयरलाइन्सले हवाई भाडादरको विवरण बुझाए
मंसिर ७, २०८१ शुक्रबार
रामेछाप – रामेछापको दोरम्बा गाउँपालिका–१ डडुवाको पात्लेमा पहिलो पटक यात्रुवाहक बस पुगेको छ ।
पहिलो पटक बस पुगेको खुसीयालीमा गाउँलेले बस र बसका चालकलाई भव्य स्वागत गरेका छन् । गाउँमा पहिलो पटक अरनिको सुपर बस लिएर डडुवाको पात्ले पुगेका चालक र सह–चालकलाई स्थानियवासीले माला, खादा र दहीले स्वागत गरेका हुन् ।
अब काठमाण्डौदेखि यो गाउँसम्म नियमित रुपमा बस सञ्चालन हुने भएको छ । काठमाण्डौबाट छुटेको बस सदरमुकाम मन्थली, पोखरीडाँडा–देउराली हुँदै डडुवाको पात्लेसम्म पुग्नेछ । यसको भाडा १ हजार २ सय ३० रुपैयाँ कायम गरिएको छ ।
पात्लेमा अरनिको यातायात सेवा समितिले टिकट काउण्टर समेत सञ्चालनमा ल्याउने तयारी गरेको अरनिको यातायात सेवा समिति रामेछापका प्रमुख सुवाष फुँयालले जानकारी दिनुभयो ।
भौगोलिक कारण विकासमा पछाडि परेको दोरम्बा गाउँपालिकाको डडुवाको पात्लेमा सडक मर्मतमा स्थानीय सरकारले चासो नदिएपछि गाउँले आफैंले सडक मर्मत गरेर गाडी पुर्याएका हुन् । गाउँलेले दुई सय दिन जनश्रमदान गरेर सडक निमार्ण गरेपछि बस पुगेको दोरम्बा गाउँपालिकाका–१ का सामाजिक अभियन्ता ताराबहादुर मोक्तानले जानकारी दिनुभयो ।
पात्लेसम्म खोलिएको मोटरबाटोको ट्रयाकको मर्मतको लागि वडास्तर र गाउँपालिकामा समेत बजेट माग गर्दा नपाएपछि गाउँलेहरु आफैं मिलेर दुई सय जनाले ८ किलोमिटर सडक मर्मत गरेको उहाँले बताउनुभयो । डडुवाको पात्लेमा चार सय घर परिवारको बसोबास रहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ ।