नेकपाका बहुमत सचिवालय सदस्यद्वारा बैठकको लागि प्रधानमन्त्रीसँग लिखित आग्रह

 कात्तिक २२, २०७७ शनिबार १४:२:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल कम्युनिष्ट पार्टी नेकपाका पाँच जना सचिवालय सदस्यले तत्कालै सचिवालय बैठकको लागि प्रधानमन्त्रीसँग लिखित माग गरेका छन् ।

पार्टी कार्यालय धुम्बाराहीमा भएको अनौपचारिक बैठकको निर्णय अनुसार कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ र उपाध्यक्ष वामदेव गौतमले वालुवाटारमै पुगेर बैठक बोलाउन लिखित आग्रह गरेका हुन् ।

सरकारका कामको समिक्षा, कोरोना महामारी नियन्त्रण, स्थायी कमिटिको बैठकले गरेका निर्णय कार्यान्वयनको अवस्था लगायतका विषयमा छलफलको लागि सचिवालयको बैठकको लागि प्रधानमन्त्रीलाई लिखित रुपमै माग गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

आफूहरुको लिखित आग्रह बुझे पनि प्रधानमन्त्री ओलीले सचिवालय बैठकको बारेमा कुनै निर्णय नदिएको पनि प्रवक्ता श्रेष्ठले बताउनुभएको छ ।

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया