१९ वर्षमुनिको महिला टी–२० विश्वकप भोलिदेखि मलेसियामा शुरू ह...
माघ ४, २०८१ शुक्रबार
काठमाण्डाै – भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्धलाई सकारात्मक उर्जा प्रदान गरेको सुरक्षा विज्ञ उमेश भट्टराईले बताउनुभएको छ ।
संवाद हिनताको अवस्थामा रहेको कुटनीतिलाई नरवणेको भ्रमणले केही हदसम्म सकारात्मक बनाउन सहयोग पुगेको सुरक्षा विज्ञ भट्टराईले बताउनुभएको छ। नरवणेको भ्रमणले नेपाल र भारतबीचको कुटनीतिक सम्बन्धलाई केही हदसम्म भए पनि गतिशिल बनाउने विश्वास जगाएको उहाँकाे भनाइ छ ।
सार्वभौम सत्ता सम्पन्न राष्ट्रको हिसाबले दुई देशबीचको सम्बन्धलाई बढाउन चाहने भए पनि एक वर्ष देखि रोकिएको प्रकृयामा यो भ्रमणले कुटनीतिक सुरुवात भएको छ भन्ने सन्देश दिएकोले सकारात्मक रुपमा लिनुपर्ने बताउनुभयो ।
‘मुख्य गरेर संवाद हिनताको अवस्थामा रहेको हाम्रो कुटनीतिलाई यसले केही हदसम्म अवस्थालाई चिर्नेकाम गर्छकी भन्ने हाम्रो अनुमान र विश्वास जगाउँछ नै । किनभने जुन किसिमले प्रधानमन्त्रीले पनि हिजो वार्ता गर्दाखेरी कुरा गर्नुभयो हाम्रो सम्बन्ध इतिहास देखिको भिन्दै किसिमको हो र एउटा सार्वभौंम सत्ता सम्पन्न राष्ट्रको हिसाबले हामी दुई देशको बीचको सम्बन्धलाई बढाउन चाहन्छाैं ।' उहाँले भन्नुभयो, 'यसमा एकवर्षदेखि रोकिएको प्रकृया छ । त्यो कुटनीकिक पहलबाट यसको सुरुवात होस भन्ने किसिमको सन्देश दिनु भएको छ भारतीय संस्थापनलाई वा भारतको सरकारलाई । त्यसले सकारात्मक भुमिका नै खेल्छ भन्ने लाग्छ ।’
दुई देशबीचको सेनाको सम्बन्ध ब्रिटिस आर्मी रहदा देखिकै भएकोले पनि सैन्य कुटनीतिलाई भिन्दै किसिमले व्याख्या गर्नुपर्ने आवश्यकता नरहेको उहाँले बताउनुभयो । कुटनीति सैन्य भए पनि वा गैह्र सैन्य भए पनि अन्ततगत्वा देशलाई निकास दिन मद्दत पुग्ने पनि भट्टराईको भनाई छ ।
इतिहास देखिकै सम्बन्धका कारण नेपाली सेनाले भारतीय सेनासँग कुटनीतिक सम्बन्ध विकास गर्न खोज्नुलाई अन्यथा ठान्न नहुने पनि भट्टराईले बताउनुभयो । तर स्वतन्त्र देशको हिसाबले कुनैपनि स्थितिमा पछाडि हट्न नहुने र अहिलेको भ्रमणले कुटनीतिक वातावरण सकारात्मक बनाएको स्पष्ट हुने पनि उहाँले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।