१९ वर्षमुनिको महिला टी–२० विश्वकप भोलिदेखि मलेसियामा शुरू ह...
माघ ४, २०८१ शुक्रबार
काठमाण्डाै – नेपाली कांग्रेस र जनता समाजवादी पार्टी जसपाका नेताहरुबीच संसद अधिवेशनलगायत विषयमा सहकार्य गरेर अघि बढ्ने सहमति भएको छ ।
छलफलमा कांग्रेसको तर्फबाट सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता मिनेन्द्र रिजाल र रमेश लेखक सहभागि हुनुभएको थियो । यस्तै जसपाको तर्फबाट अध्यक्ष महन्थ ठाकुर, संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराई र वरिष्ठ नेता राजेन्द्र महतो सहभागि हुनुभएको थियो ।
कांग्रेस सभापति देउवा निवास बुढानिलकण्ठमा भएको छलफलमा तत्काल संसद अधिवेशन बोलाउन संयुक्त रुपमा दबाब दिनेबारे छलफल भएको सभापति देउवाका स्वकीय सचिव भानु देउवाले उज्यालोलाई जानकारी दिनुभयो । तत्काल संसदको अधिवेशन बोलाउन एउटै स्वर बनाएर अघि बढ्नेबारे नेताहरुबीच छलफल भएको उहाँको भनाइ छ ।
यस्तै राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गर्नुभएको संवैधानिक परिषद सम्बन्धी अध्यादेशबारे पनि नेताहरुबीच छलफल भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले परिषद् सम्बन्धी अध्यादेश फिर्ता गर्न आफू तयार रहेको बताएपनि नेकपाभित्रको विवादका कारण अध्यादेश फिर्ता हुन सकिरहेको छैन । संसद अधिवेशन र अरु विषयमा पनि सहकार्य गरेर अघि बढ्नेबारे आजको बैठकमा छलफल भएको नेताहरुले बताएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।