सातै प्रदेशमा केपी ओली समूहको कार्यगत प्रशिक्षण, तोकिए नेताहरु

 पुष ८, २०७७ बुधबार ११:४९:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपाका केपी ओली समूहले कार्यगत प्रशिक्षण सञ्चालन गर्ने भएको छ । प्रशिक्षणका लागि ओली समूहले ७ वटै प्रदेशमा नेताहरु खटाउने भएका छन् ।

ओली समूहमार्फत प्रवक्ता बन्नुभएका प्रदीप ज्ञवालीका अनुसार सुदूरपश्चिम प्रदेशमा लेखराज भट्ट, प्रदीप ज्ञवाली, कर्णबहादुर थापा र डा. विन्दा पाण्डेलाई प्रशिक्षणको जिम्मेवारी दिइएको छ । यस्तै कर्णाली प्रदेशमा शंकर पोखरेल, छविलाल विश्वकर्मा, यामलाल कँडेल र सुजिता शाक्यले प्रशिक्षण दिनुहुने कार्यक्रम रहेको छ ।

लुम्बिनी प्रदेशमा प्रशिक्षणका लागि विष्णुप्रसाद पौडेल, शंकर पोखरेल, मणिचन्द्र थापा र गोमा देवकोटालाई जिम्मेवारी तोकिएको छ । यस्तै गण्डकी प्रदेशमा टोपबहादुर रायमाझी, पृथ्वी सुब्बा गुरूङ, किरण गुरूङ र सीता पौडेल, वागमती प्रदेशमा ईश्वर पोखरेल, टोपबहादुर रायमाझी र पद्मा अर्याल, प्रदेश २ मा ईश्वर पोखरेल, रघुवीर महासेठ, सत्यनारायण मण्डल र जुलीकुमारी महतो र प्रदेश १ मा प्रशिक्षणका लागि सुवासचन्द्र नेम्वाङ, प्रदीप ज्ञवाली, मणिचन्द्र थापा र डा. शिवमाया तुम्वाहाम्फेलाई जिम्मेवारी दिइएको छ ।

यसैबीच, प्रचण्ड–नेपाल समूहको संसदीय दलको बैठक बस्दै छ । आन्दोलनको कार्यक्रमको लागि थप छलफल गर्नका लागि आज संसदीय दल र भोली केन्द्रीय कमिटीको बैठक डाकिएको पनि नेता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । संसद विघटनको घोषणा भएसँगै नेकपा औपचारिक रुपमा दुई समूहमा विभाजित भएका छन् । दुवै समूहले आफ्नो निर्णय आधिकारिक भएको दाबी गर्दै आएका छन् ।

प्रचण्ड–माधव नेपाल समूहले आफूसँग बहुमत सदस्य रहेकोले बहुमत सदस्यको निर्णय नै वैधानिक हुने बताउँदै आएको छ । ओली समूहले भने अध्यक्ष, महासचिव र माईन्युट नै आफूसँग रहेकोले आफूहरुको निर्णय वैधानिक रहेको दाबी गर्दै आएको छ ।

अन्तिम अपडेट: माघ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया