ओली समूहको केन्द्रीय कमिटी बैठकमा गृहमन्त्री थापा सहभागी

 पुष ९, २०७७ बिहीबार १४:२९:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ओली समूहको केन्द्रीय कमिटीकाे बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको बैठकमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ पनि सहभागी हुनुभएको छ ।

यसअघिका कुनै पनि समूहको बैठकमा नजानुभएका गृहमन्त्री थापा बिहीबार भने प्रधानमन्त्री केपी शर्मा ओलीको समूहमा सहभागी हुनुभएको हो ।

यसअघि उहाँलाई ओली समूहमा लाग्न नदिन पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले निकै प्रयास गरे पनि अन्ततः उहाँ ओली समूहतिर नै लाग्नुभएको हो । पूर्वमाओवादी तर्फबाट लेखराज भट्ट, टोपबहादुर रायमाझी र मणि थापा यसअघि नै ओली समूहतिर लागि सक्नुभएको छ ।

यद्यपि थापा निकट मानिने अरू नेता भने प्रचण्ड–नेपाल पक्षमै रहेका छन् । उहाँ निकट मानिने नेताहरू देव गुरुङ, पम्फा भुसाल, लेखनाथ न्यौपाने, हितमान शाक्यलगायत प्रचण्ड–नेपाल पक्षमै बसे पनि उहाँ मात्रै ओली समूहमा जानुभएको हो ।

ओली समूहको मङ्गलबार (अस्ति) को बैठकले ११९९ सदस्यीय महाधिवेशन आयोजक समिति गठन गर्ने र पार्टी महाधिवेशन २०७८ साल मङ्सिर २ गते गर्ने निर्णय गरेको छ । यस्तै ओली समूहको बैठकले प्रवक्ता नारायणकाजी श्रेष्ठलाई हटाएर प्रवक्ताको जिम्मेवारी परराष्ट्रमन्त्रीसमेत रहनुभएका प्रदीप ज्ञवालीलाई दिएको छ ।  

अन्तिम अपडेट: माघ १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया