शेयर बजार आज पनि घट्याे, १० अर्ब १० कराेड रुपैयाँकाे काराेबार
फागुन २२, २०८१ बिहिबार
काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहका वरिष्ठ नेता खनालले प्रधानमन्त्री ओली सच्चा कम्युनिस्ट नै नभएको टिप्पणी गर्नुभएको छ ।
बल्खुमा रहेको मदन भण्डारीको शालिकमा माल्यार्पण गर्दै नेता खनालले प्रधानमन्त्रीले पार्टीको विधि र विधान नमानेको र आन्तरिक मतभेदका नाममा संसद् विघटन गरेर अपराध गरेको टिप्पणी गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘मतभिन्नता पार्टीभित्र जहिले पनि हुन्छ । मतभिन्नता हुनु सामान्य कुरा हो । मतभिन्नतालाई नीति र विधि अनुरुप सञ्चालन गर्नुपर्छ र समस्याको समाधान गर्नुपर्छ । तर कमरेड केपी ओली वास्तवमा कम्युनिस्ट नै भइसक्नु भएको रहेनछ । उहाँले पार्टीका विधि नै मान्नुभएन । पालना गर्नुभएन । अनुशासन पनि मान्नुभएन । अनि पार्टीभित्रका मतभेदको नाउँमा संसद्को विघटन गर्नुभयो ।’
नेता खनालले संसद् विघटन गर्नु अपराध भएको बताउनुभयो । ‘यो अत्यन्तै ठूलो अपराधको कुरा हो । संविधान विरोधी अपराध हो । लोकतन्त्र विरोधी अपराध हो । यो जनादेशको विरुद्धमा छ । जनताको भावना विरुद्ध छ । राष्ट्र हित विरुद्ध छ । वास्तविक नेकपा यही हो । आधिकारिक यही हो । हामी यसलाई नया ढङ्गले एकताबद्ध गर्ने र पुनर्गठन गर्ने हो ।’
उहाँले आफ्नाे समूह असली कम्युनिस्ट भएकाे दाबी गर्दै भन्नुभयाे, ‘अब वास्तविक नेकपा भनेकाे यही हाे । हामी याे ठाउँमा नेकपाकाे कार्यालय बनाउँछाैँ, आधिकारिक नेकपा भनेकाे यही हाे । अब यसलाई निर्वाचन आयाेगले कहिले घाेषणा गर्छ त्याे उसकाे कुरा हाेला, सर्वाेच्च अदालतले संसद् विघटनलाई के भन्ला त्याे उसकाे कुरा हाेला । सिङ्गाे देश याे संसद् विघटन संविधान विराेधी हाे भनेर उठेकाे छ ।’
यसअघिको नेकपाको बैठकले मदननगरलाई विश्व कम्युनिस्ट आन्दोलनको अध्ययनस्थल बनाउने निर्णयसहित नयाँ भवन बनाउने भनेको थियो । त्यही निर्णयअनुसार मदननगरमा नयाँ भवन बनाउने घोषणा गर्दै नेताहरू प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाललगायत मदननगर बल्खु पुगेका हुन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।