शेयर बजार आज पनि घट्याे, १० अर्ब १० कराेड रुपैयाँकाे काराेबार
फागुन २२, २०८१ बिहिबार
काठमाण्डाै - बल्खुमा भ्यानको ठक्करबाट एक पैदलयात्रीको ज्यान गएको छ । प्रहरी जवान घाइते भएका छन् ।
गएराति ट्राफिक जाँचका क्रममा भ्यान भाग्न खोज्दा बल्खु चोकमा दुर्घटना भएको प्रहरीले जनाएको छ । भ्यानको ठक्करबाट पैदलयात्री काठमाण्डौको कीर्तिपुर बस्ने गोरखाका ५४ वर्षका काले आलेमगरको उपचारका क्रममा गएराति ज्यान गएको प्रहरीले जनाएको छ ।
बा १६ च २९१५ नम्बरको भ्यानले ट्राफिक जाँचमा रहेका ट्राफिक जवानलाई ठक्कर दिएर भाग्ने क्रममा पैदलयात्रीलाई ठक्कर दिन पुगेको थियो । भ्यानको ठक्करबाट बल्खुमा कार्यरत प्रहरी जवान २३ वर्षका मानबहादुर साउद घाइते हुनुभएको छ । उहाँको बयोधा अस्पतालमा उपचार भइरहेको छ ।
फरार भ्यान चालकको खोजी भइरहेको पनि प्रहरीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।