नागरिक आन्दोलनको प्रश्न, ‘ओली ज्यू, संवृद्धिको यात्रा कि गाईजात्रा ?’

 पुष ११, २०७७ शनिबार १६:५७:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रतिनिधिसभा विघटनको विरोधमा वृहत नागरिक आन्दोलनले काठमाण्डौको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ ।

संसद विघटनलाई प्रतिगामी कदमको संज्ञा दिँदै आन्दोलनले मण्डलामा प्रदर्शन गरेको हो । प्रदर्शनमा लेखक, पूर्व सम्पादक, साहित्यकार, रंगकर्मी, सामाजिक अभियन्तालगायत उपस्थित थिए ।

युग पाठक, मोहना अन्सारी, नारायण वाग्लेलगायतका वक्ताले संविधानमा व्यवस्था नभएको कुन अधिकार प्रयोग गरेर प्रधानमन्त्री ओलीले संसद विघटन गर्नुभयो भन्ने प्रश्न गरेका छन् । संवृद्धिको यात्राको लागि गठन भएको सरकारले गाइजात्रा देखाएको भन्दै प्रदर्शनकारीले व्यङ्ग्य पनि गरेका छन् ।

प्रधानमन्त्री ओलीको कदमले प्रतिगामीलाई फाइदा पुगेकाले संसद उहाँको लोकतन्त्रमाथिको सोचाइमाथि नै प्रश्न उठेको वक्ताहरुको भनाइ छ । सरकारको कदमविरुद्ध आन्दोलन जारी राख्ने वृहत नागरिक आन्दोलनले जनाएको छ।

अन्तिम अपडेट: माघ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया