च्याम्पियन्स लिगमा आज राति १८ वटा खेल
माघ १६, २०८१ बुधबार
काठमाण्डाै - प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आर्थिक तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बाेलाई बर्खास्त गर्नुभएको छ । मुख्यमन्त्री राईका कट्टर आलोचक भनेर चिनिएका इन्द्रबहादुर आङ्बाेलाई राईले हटाउनुभएको हो ।
आफूलाई हटाउनको लागि हस्ताक्षर जुटाएको थाहा पाएपछि आङ्बाेलाई बर्खास्त गरेको मुख्यमन्त्री राईले उज्यालोलाई जानकारी दिनुभयो । ‘मेरोविरुद्ध हस्ताक्षर गर्दै हिँडेको थाहा पाएपछि बर्खास्त गरेको हो, मलाई हटाएर अर्को व्यक्तिलाई मुख्यमन्त्री बनाउने उहाँहरुको तयारी रहेछ ’ मुख्यमन्त्री राईले उज्यालोसँग भन्नुभयो ।
केन्द्रमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि त्यसको असर प्रदेशसभामा देखिन थालेको छ । वाग्मती प्रदेशमा नेकपाको प्रचण्ड–नेपाल पक्षले मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव पेस गरिसकेको छ । प्रदेश १ मा पनि मुख्यमन्त्री राईलाई हटाएर भीम आचार्यलाई मुख्यमन्त्री बनाउने प्रचण्ड नेपाल पक्षको तयारी रहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।