शेयर बजार आज पनि घट्याे, १० अर्ब १० कराेड रुपैयाँकाे काराेबार
फागुन २२, २०८१ बिहिबार
काठमाण्डाै – उखुको भुक्तानी माग गर्दै विभिन्न जिल्लाबाट काठमाण्डौ आएका किसानहरू गएकाे १५ दिनदेखि माइतीघर मण्डलामा प्रदर्शन गरिरहेका छन् । तर अहिलेसम्म सरकारले उनीहरूको भुक्तानी दिलाउन कुनै पहल गरेको छैन ।
यसबीचमा केही उद्योगीले किसानको खातामा रकम पठाएका छन् । तर सरकारले तोकेको भन्दा पनि कम दरमा भुक्तानी पाएको किसानहरूको गुनासो छ । त्यसैले सबै किसानको खातामा सबै भुक्तानी नपाउँदासम्म आन्दोलन जारी राख्ने उनीहरू बताउँछन् ।
हलो, उखु र विभिन्न माग लेखिएका प्लेकार्ड लिएर गएकाे १५ दिनदेखि उखु किसानहरू आफ्नो पसिनाको भुक्तानी पाउनुपर्ने माग गर्दै केन्द्रीय राजधानीको माइतीघर मण्डलामा आन्दोलन गर्दै आएका छन् ।
गएकाे सात वर्षदेखिको भुक्तानी मिल सञ्चालकहरूले नदिएपछि किसानहरू निर्णायक आन्दोलन गर्न भन्दै काठमाण्डौ आएका हुन् ।
गएकाे वर्ष पनि उनीहरूले यस्तै आन्दोलन गरेका थिए । तर सरकारको रोहबरमा किसान र उद्योगीबीच एक महिनाभित्र भुक्तानी दिने सहमति भएपछि किसान घर फर्किएका थिए । तर एक वर्षसम्म पनि भुक्तानी नपाएपछि तिनै किसान फेरि काठमाण्डौ आइ आन्दोलन गरिरहेका छन् । १५ दिनसम्म आन्दोलन गर्दा पनि सरकार नसुने झैँ गरी बसिरहेको छ ।
किसानहरूले आन्दोलन गरेको देखेपछि केही उद्योगीले किसानको खातामा रकम पठाउन थालेका छन् । तर सरकारले तोकेको मूल्यभन्दा पनि कम दरमा भुक्तानी पठाएको किसानहरूको गुनासो छ ।
उखु किसान सङ्घर्ष समितिका सदस्य माया शङ्करप्रसाद यादवले सरकारले प्रति क्विन्टल ४ सय ७१ रुपैयाँ २८ पैसा मूल्य तोकेको भए पनि उद्योगीहरुले ४ सय ३५ रुपैयाँ मात्रै भुक्तानी दिएको गुनासो गर्नुभयो । सबै किसानले पाउनुपर्ने सम्पूर्ण भुक्तानी नपाउँदासम्म आन्दोलन जारी राख्ने पनि उहाँले बताउनुभयो ।
चिनी उद्योगीहरूबाट उखु किसानहरूले झण्डै ९० करोड रुपैयाँ भुक्तानी लिन बाँकी रहेकाे बताइएकाे छ । गएकाे सात वर्षदेखिको भुक्तानी पाउन बाँकी रहेको आन्दोलनमा सहभागी किसानहरूले बताएका छन् । आफूहरूले दुःख गरेर उब्जाएको उखुको भुक्तानी नपाउँदासम्म आन्दोलनलाई जारी राख्ने किसानहरूले बताए ।
आन्दोलनरत किसानहरूले, ‘सरकार तिमी कहाँ छौ, हामी किसान यहाँ छौँ’, ‘हाम्रो आन्दोलन जारी छ’, ‘किसान मार्न पाइँदैन’, ‘हाम्रो रकम भुक्तानी गर’, ‘किसानलाई क्षतिपूर्ति देऊ’ लगायतका नारासमेत लगाएका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।