शेयर बजार आज पनि घट्याे, १० अर्ब १० कराेड रुपैयाँकाे काराेबार
फागुन २२, २०८१ बिहिबार
काठमाण्डौ - काठमाण्डौ उपत्यकामा आज पनि तापक्रम घटेको छ ।
केही दिनदेखि नियमित तापक्रम घटेर हिजो बिहान न्यूनतम तापक्रम तीन डिग्री सेल्सियस रहेको काठमाण्डौमा आज २ दशमलव ९ डिग्रीमा झरेको छ । अहिले काठमाण्डौ उपत्यकासहित पहाडी ठाउँहरुमा सामान्य कुहिरो लागेको छ ।
आज सुदूरपश्चिम प्रदेशका उच्च हिमाली भेगका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको मौसमविद् समिर श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार हिउँ पर्ने सम्भावना रहेकाले हिमाली क्षेत्रमा चिसो अझै बढ्न सक्ने अनुमान गरिएको छ ।
तराईका जिल्लाहरुमा पनि अहिले बिहानबाट बिस्तारै हुस्सु र कुहिरो लाग्न सुरु भएको मौसमविद् श्रेष्ठको भनाइ छ । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले अहिले वाग्मती र गण्डकी प्रदेशको हिमाली ठाउँहरुमा पातलो कुहिरो लागेको छ भने बाँकी स्थानहरुमा मौसम सामान्यतया आज सफा रहेको छ ।
आज दिउँसो भने प्रदेश नं १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा मौसम बद्ली हुनेछ । आज राति भने प्रदेश नं १ बाहेका स्थानमा मौसम सामान्यतया सफा रहनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।