ट्रम्पद्वारा कोरोना राहत प्याकेजसम्बन्धी विधेयकमा हस्ताक्षर

 पुष १३, २०७७ सोमबार १०:३६:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस राहत प्याकेजसम्बन्धी विधेयकमा हस्ताक्षर गर्नुभएको छ ।

सदनबाट पास भएको प्याकेजमा अनावश्यक खर्च रहेको र तर नागरिकलाई निकै कम रकम छुट्याइएको भन्दै हस्ताक्षर गर्न अस्वीकार गरेका राष्ट्रपति ट्रम्पले हस्ताक्षर गर्नुभएको बीबीसीले जनाएको छ ।

ट्रम्पले हस्ताक्षर गरेसँगै कोरोना भाइरसको महामारीका कारण वित्त समस्यामा आएका अमेरिकी नागरिकका लागि तय भएको राहत प्याकेजसम्बन्धी विधेयक कानुनमा परिणत भएको छ । ट्रम्पले विधेयकमा हस्ताक्षर नगर्दा लाखौँ अमेरिकीले शनिबार रातिदेखि राहत पाउन सकेका थिएनन् ।

राष्ट्रपति ट्रम्पले भनेअनुसार नागरिकलाई दिइने रकम छ सय डलरबाट बढाएर दुई हजार डलर बनाउन डेमोक्राटहरु तयार थिए । तर ट्रम्पकै पार्टी रिपब्लिकनका सांसदहरु विपक्षमा उभिएकाले ट्रम्पको प्रयास पूरा भएन । कोरोना भाइरस सहायता विधेयक भनिए पनि विधेयकमा कोरोनासँग सम्बन्धित कुनै पनि व्यवस्था नरहेको ट्रम्पले आरोप लगाउनुभएको थियो ।

अमेरिकी संसदबाट ९ खर्ब डलर बराबरको राहत प्याकेज गएको सोमबार पारित भएको थियो । राहत प्याकेजमा समस्यामा परेका नागरिकलाई सीधै नगद प्रदान गर्ने तथा महामारीका कारण प्रभावित व्यवसाय सञ्चालनका लागि सहयोग तथा बेरोजगार भत्ता समावेश छ ।

यस्तै आम नागरिकलाई प्रदान गरिने खोप तथा विद्यालय पुनः सञ्चालनका लागि सहयोग गर्न पनि त्यसको प्रयोग गरिने उल्लेख छ । अबको ९ महिनासम्म सरकारी गतिविधि सञ्चालनका लागि यसअघि ल्याइएको एक दशमलव ४ ट्रिलियन डलर बराबरको कार्यक्रममा नयाँ प्याकेज थप भएको हो ।

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया