१९ वर्षमुनिको महिला टी–२० विश्वकप भोलिदेखि मलेसियामा शुरू ह...
माघ ४, २०८१ शुक्रबार
काठमाण्डौ - चिनियाँ कम्युनिष्ट पार्टीको प्रतिनिधिमण्डलले नेकपाको प्रचण्ड-नेपाल समूहका शीर्ष नेताहरुसँग छलफल थालेको छ।
टोलीले बिहान अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग उहाँकै निवास खुमलटार पुगेर भेट गरेको छ । भेटमा प्रतिनिधिसभा विघटन र नेकपा विभाजनलगायतका विषयमा कुराकानी भएको छ ।
चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ नेतृत्वको टोलीले आजै अर्का अध्यक्ष माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनालसँग पनि भेट गर्ने नेकपाको प्रचण्ड-नेपाल समूहले जनाएको छ ।
हिजो काठमाण्डौ आउनेबित्तिकै चिनियाँ प्रतिनिधिमण्डलले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टाछुट्टै भेट गरेको थियो । विभाजन भइसकेको नेकपालाई मिलाउने प्रयासमा चिनियाँ टोली काठमाण्डौ आएको बुझिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Manoj Parajuli
Dec. 28, 2020, 11:06 a.m.हामीलाई गुटको बेला नेपाल आएर फुट गराउने भारतीय प्रतिनिधि, र फुटको बेला नेपाल आएर गुटबन्दी गराउने चीनिया प्रतिनिधि को नेपाल को पक्षमा छ बुज्न आवश्यक छ। दुबै रास्ट्र को मन्साये बुजेर चल्नु पर्ने भयो आफ्नो घर को ममिला अर्काले मिलाउने भयेसी इ नेता हाम्लाई के काम अब त जनताले बुज्ने बेला आयो।