१९ वर्षमुनिको महिला टी–२० विश्वकप भोलिदेखि मलेसियामा शुरू ह...
माघ ४, २०८१ शुक्रबार
काठमाण्डाै – प्रतिनिधि सभा विघटनकाे विराेधमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज (साेमबार) देशभर विरोध प्रदर्शन गरिरहेको छ ।
अहिले एक सय ६५ वटा निर्वाचन क्षेत्रमा प्रदर्शन भइरहेको नेपाली कांग्रेसले जनाएको छ । हरेक सङ्घीय निर्वाचन क्षेत्रमा विरोध र्याली र सभा भइरहेका छन् । विभिन्न निर्वाचन क्षेत्रमा दलका शीर्ष नेताहरूले सम्बोधन गरिरहेका छन् ।
यसैबीच विरोध प्रदर्शनका कारण काठमाण्डौ उपत्यकामा जाम बढेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार कोटेश्वर, बालकुमारी, कलङ्की, नारायणगोपाल चोकलगायतका ठाउँमा जाम बढेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटनको घोषणा गर्नुभएसँगै नेपाली कांग्रेसलगायत अरू दल र नेकपाभित्रैबाट विरोध भइरहेको छ ।
संसद् विघटनको घोषणापछि नेकपा औपचारिक रूपमै दुई समूहमा विभाजित भएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।