चितवनमा धान उत्पादन घट्यो
मंसिर ६, २०८१ बिहिबार
काठमाण्डौ – एनसेलले आईसीटी अवार्ड २०२० अन्तर्गतको इन्नोभेसन ड्रिभन क्राइसिस रेसपोन्स आईसीटी अवार्डका विजेतालाई ३ लाख नगद पुरस्कार सहित सम्मान गरेको छ ।
शनिबार सोल्टी क्राउन प्लाजामा आयोजना भएको अवार्डको ग्राण्ड फिनाले कार्यक्रममा विजेता पाइला इमरजेन्सी रेससिटेटरुलाई उक्त सम्मान प्रदान गरेको हो । उक्त अवार्ड कार्यक्रममा एनसेलका प्रमुख सूचना अधिकृत विशालमणी उपाध्याय र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका निर्देशक डा. रविन्द्र ढकालले विजेताको नाम घोषणा गर्दै नगद पुरस्कार हस्तान्तरण गरेका थिए । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले विजेतालाई शिल्ड प्रदान गरेका थिए । एनसेलले नेपाली इन्नोभेसन, स्टार्टअपलाई सहयोग गर्दै आइरहेको छ । यस वर्ष हुवावे आइसिटी अवार्डमा क्याटेगोरी स्पोन्सरको रुपमा सहकार्य गरेको थियो ।
इन्नोभेसन ड्रिभन क्राइसिस रेसपोन्स विभिन्न ११ विधामध्ये यस वर्ष विशेष महत्वको अवार्ड विधा रहको थियो । कोभिड नियन्त्रणमा विकास भइरहेका नेपाली प्रविधिलाई नोमिनेशन लिइएको थियो । प्राप्त २६ वटा नोमिनेशनबाट विभिन्न चरणको छनौट पश्चात उत्कृष्ट ५ अन्तिम चरणमा प्रतिस्पर्धा गरेका थिए । उत्कृष्ट ५ मा पर्न सफल इन्नोभेसनहरुमा कोभिड १९ निमोनिया डिटेक्सन युजिङडिप लर्निङ एण्ड न्युरल नेटवर्क, गो कोरोना नर्स रोबोट, पाइला इमजेन्सी रेससिटेटर, सिस्टर रोबोट र थर्मोग्राफिक क्यामेरा फर मेजरिङ फिवर रहेका थिए ।
एनसेल इन्नोभेसन अवार्ड विजेता पाइला टेक्नोलोजीले कोरोना महामारीको बेला भेन्टिलेटर बनाएको थियो । पहिलो चरणको भेन्टिलेटरलाई स्वास्थ्य मन्त्रालयले अनुमति प्रदान गरेपछि पाइला टेक्नोलोजीले हाल दोस्रो चरणको भेन्टिलेटर पनि निर्माण गरिसकेको छ । पछिल्लो समय स्वास्थ मन्त्रालयको स्विकृत प्राप्त गर्दै भेन्टिलेटरको उत्पादन सुरु गरेको हो ।
हुवावे आइसिटी अवार्ड २०२० मा विभिन्न ११ विधामा १२ प्रतिस्पर्धीले अवार्ड प्राप्त गरेका छन । अवार्डमा यस वर्ष तीन सय ५० बढीको अनलाइन आवेदन प्राप्त भएको थियो । १४ जना जुरी सदस्य र १४ जना सल्लाहकार समितीको छनौट पश्चात सर्वोत्कृष्टलाई शनिवार अवार्ड प्रदान गरिएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।