भन्सार छलीको सुन र स्रोत नखुलेको रकमसहित त्रिभुवन विमानस्थलबाट दुई जना पक्राउ

 पुष १३, २०७७ सोमबार १६:५२:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – भन्सार छलीको सुन र स्रोत नखुलेको रकमसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जना पक्राउ परेका छन् । 

विभिन्न देशबाट आउने यात्रुसँग भनसुन गरेर भन्सार छली गरेर ल्याएको ५० ग्राम सुन र स्रोत नखुलेको चार लाख ३७ हजार रुपैयाँ नगदसहित नुवाकोटको शिवपुरी गाउँपालिकाका प्र्रह्लाद थापा पक्राउ परेका छन् । 

यस्तै ५० ग्राम सुन तथा स्रोत नखुलेको चार लाख ४० हजार रुपैयाँसहित धादिङको ज्वालामुखीका अर्जुनप्रसाद थपलियालाई पनि प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई थप अनुसन्धान एवं कारबाहीको लागि बरामद सुन र नेपाली रुपैयाँसहित राजस्व अनुसन्धान विभाग, हरिहर भवन पुल्चोक, ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।  

अन्तिम अपडेट: पुस २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया