नयाँ मन्त्रीलाई केही थाहा छैन भनेर नझुक्याउनु होला : मन्त्री ढकाल

 पुष १४, २०७७ मंगलबार १६:१६:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले कर्मचारीहरुलाई सही र सत्य सूचना मात्र दिन आग्रह गर्नुभएको छ ।

नेपाल पर्यटन बोर्ड र पर्यटन विभागका कर्मचारीहरुबाट ब्रिफिङ लिन आयोजित कार्यक्रममा बोल्दै मन्त्री ढकालले नयाँ मन्त्रीलाई केही थाहा छैन र हामीले भनेको मान्छ भन्ने आधारमा सही कुरालाई बेठिक ढंगले सल्लाह नदिन आग्रह गर्नुभएको हो । ठिकलाई ठिक र बेठिकलाई बेठिक भन्न नडराउन समेत आग्रह गर्नुभयो ।

यस्तै मन्त्रीले गर्ने काम र निर्णयहरु कर्मचारीले दिने सुझावमा भर पर्ने भएकाले पनि राम्रो नतिजा निकाल्नका लागि ठिक सुझावमात्रै दिन आग्रह गर्नुभएको हो । मन्त्री ढकालले यसअघि भएका सबै राम्रा कामलाई निरन्तरता दिने समेत बताउनुभयो ।

परिवर्तित राजनीतिक घटनाक्रमका कारण प्रतिनिधिसभा नभएको अवस्थामा नयाँ कानुन निर्माण गर्न नसकिने भएकाले कानुनी सुधारभन्दा पनि अन्य विषयमा केन्द्रीत भएर काम गर्न पनि मन्त्री ढकालले आग्रह गर्नुभयो ।

अन्तिम अपडेट: माघ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया