ठूलो कोठामा सुत्ने झगडामा केहीले ‘गणतन्त्र’ काे घरमा नै आगाे लगाइदिए : डा. भट्टराई

 पुष १९, २०७७ आइतबार १४:४:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) का सङ्घीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराईले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे विवादले गणतन्त्र खतरामा परेकाे बताउनुभएकाे छ । 

आइतबार ट्वीटमार्फत नेता भट्टराईले नेकपाकाे आन्तरिक विवादका कारण जिन्दगीभरकाे मेहनतले बनाएकाे ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र’को घरमा आगाे लागेकाे बताउनुभएकाे छ । 
उहाँले भन्नुभएकाे छ, ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रको घरमा सबै सन्तानलाई पुग्ने गरी कोठा थप्ने योजना थियो । केही कुपुत्र/कुपुत्रीले ठूलो कोठामा सुत्ने झगडामा घरमै आगो लगाइदिए!’

साथै उहाँले केही व्यक्ति आगाे निभाउनुकाे सट्टा खरानीकाे लागि दाैडिरहेकाे भन्दै त्याे आगाे निभाउन सुझाव दिनुभएकाे छ ।  

अन्तिम अपडेट: माघ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया