गाजा युद्धविराम सम्झौतामा सहमति भएको इजरायली प्रधानमन्त्रीको क...
माघ ४, २०८१ शुक्रबार
काठमाण्डाै - प्रतिनिधिसभा विघटनको विरुद्धमा नेपाली कांग्रेसले आज देशका ३ सय ३० वटा प्रदेशसभा क्षेत्रमा प्रदर्शन र आमसभा गरेको छ ।
दोस्रो चरणको आन्दोलनका कार्यक्रम अन्तरगत कांग्रेसले आज ३ सय ३० वटा निर्वाचन क्षेत्रमा प्रदर्शन र आमसभा गरेको हो । देशका विभिन्न ठाउँमा भएका आमसभालाई सम्बोधन गर्दै कांग्रेसका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान विरोधी काम गरेको र लोकतन्त्र मास्ने नियत राखेको आरोप लगाएका छन् ।
नागरिकले वर्षाैं लामो त्याग र बलिदान दिएर बनाएको संविधान मिचेर प्रधानमन्त्री ओलीले आफूलाई निरंकुश तानाशाह बनाएको नेताहरुको आरोप छ । काठमाण्डौको बुढानिलकण्ठमा भएको आमसभामा सभापति शेरबहादुर देउवाले ओलीले संसद विघटन गरेर संविधान र प्रजातन्त्र विरोधी काम गरेको आरोप लगाउनुभयो । संविधान विघटनको विषय सर्वोच्चमा विचाराधिन अवस्थामा रहेकाले यो विषयमा धेरै बोल्न नहुने उहाँको भनाइ छ ।
यदि अदालतले संसद विघटनलाई सदर गरेर चुनाव हुने भएमा कांग्रेस चुनावको लागि तयार रहेको पनि देउवाको भनाइ छ । यस्तै काठमाण्डौकै भृकुटीमण्डपमा भएको सभामा प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री ओली नसच्चिए पूर्व राजा ज्ञानेन्द्र जस्तै पतन भएर जाने चेतावनी दिनुभयो । ज्ञानेन्द्रमा जस्तै ओलीमा पनि निरंकुश बन्ने सपना पलाएको तर नागरिकले ओलीका सपनालाई ध्वस्त बनाइदिने प्रवक्ता शर्माको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।