काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
रुकुम पश्चिम – विभिन्न माग राख्दै बालकल्याण माध्यमिक विद्यालय आठबीसकोट ९ का विद्यार्थीहरूले मङ्गलबार नगरपालिका कार्यालय घेराउ गरेका छन् ।
नाराबाजीसहित नगरपालिकाको कार्यालयमा आएका विद्यार्थीहरूले नगर शिक्षा समिति र शिक्षा शाखाले मनलाग्दी निर्णय गरेको गुनासो गरेका छन् ।
गुणस्तरीय शिक्षा र दरबन्दीअनुसारको शिक्षकको लागि आफूहरूले आवाज उठाएको कक्षा १० मा अध्ययनरत नवीन कुसारीले बताउनुभयो । 'विद्यार्थीलाई योग्य शिक्षक चाहिन्छ, विद्यालयलाई गुणस्तरीय शिक्षा चाहिन्छ, दरबन्दीका शिक्षक पूर्ति गर, काजका शिक्षक फिर्ता गर' भन्दै उनीहरूले नारा लगाएका थिए ।
आफ्ना माग पूरा गर्न दबाब स्वरुप शान्तिपूर्ण नाराबाजी गरेको विद्यार्थीहरुले बताएका छन् । आन्दोलनमा कक्षा ६ देखि १० सम्मका झण्डै दुई सय विद्यार्थी रहेका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।