१९ वर्षमुनिको महिला टी–२० विश्वकप भोलिदेखि मलेसियामा शुरू ह...
माघ ४, २०८१ शुक्रबार
काठमाण्डौ - भारत भ्रमणमा रहनुभएका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतीय विदेशमन्त्री एस जयशंकरबीच आज भेटवार्ता हुँदैछ ।
उहाँहरुबीच बिहान ११ बजे छलफल हुने र त्यसपछि हैदराबाद हाउसमा संयुक्त आयोगको बैठक बस्ने भारतीय विदेश मन्त्रालयले जनाएको छ ।
नेपाल-भारत संयुक्त आयोगको बैठकमा द्विपक्षीय साझेदारीका विषयमा विशेष छलफल हुने भारतीय विदेश मन्त्रालयले पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ । बैठकमा ईपीजी प्रतिवेदन ग्रहणलगायत कोरोनाविरुद्धको खोप, उर्जा, केनेक्टिभिटीलगायत ४० भन्दा धेरै विषयमा छलफल हुनेछ । सीमा विवादको विषयमा भने छलफल हुन्छ या हुँदैन भन्नेबारे खुलाइएको छैन ।
बैठकमा भाग लिन परराष्ट्रमन्त्री ज्ञवाली तीन दिने भ्रमणका क्रममा हिजो बिहान भारत जानुभएको हो । हिजो पहिलो दिन नेपाल र भारत दुवै पक्षले बैठकमा छलफल गर्ने विषयसूची तय गरेका थिए ।
औपचारिक रूपमा आमनेसामने बसेर बैठक सुरु नभए पनि बैठकमा हुने छलफलका विषयलाई त्यसको गम्भीरताका आधारमा तहगतरूपमा व्यवस्थित गर्ने काम भएको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिनुभयो ।
परराष्ट्र सचिव भरतराज पौड्याल, मन्त्रालयमा रहेकाे भारत–नेपाल सम्बन्ध डेस्कका प्रमुख यज्ञबहादुर हमालसहित सरकारका उच्चाधिकारी नेपाली प्रतिनिधिमण्डलमा हुनुहुन्छ । भारत भ्रमणका क्रममा मन्त्री ज्ञवालीले उच्चस्तरीय राजनीतिक भेटवार्तासमेत गर्नुहुनेछ ।
उहाँ भोलि बेलुकी स्वदेश फर्कनुहुने कार्यक्रम छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।