काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
धनकुटा – धनकुटाको छथर जोरपाटी गाउँपालिकामा मानिसहरु सहरबाट गाउँतर्फ बसाइँ सर्न थालेका छन् । बसाइँसराइ रोक्नका लागि गाउँपालिकाले सञ्चालन गरेको दुहुना गाई उपहार कार्यक्रममा आर्कषित भएपछि मानिसहरु गाउँमा कृषि खेती गर्न बसाइँ सर्न थालेका हुन् ।
गएको आर्थिक वर्ष २०७६/०७७ बाट गाउँपालिकाले बसाइँ सरेर जानेलाई ‘जानेलाई बाई–बाई, आउनेलाई एक दुहुना गाई अनुदान’ कार्यक्रम सुरु गरेको थियो । त्यो कार्यक्रम सञ्चालनमा आएपछि गएको वर्ष धनकुटाका तीन नगरपालिका छाडेर आधा दर्जनभन्दा बढी परिवार छथर जोरपाटी बसाइँ सरेर आएका छन् ।
गएको वर्ष धनकुटा नगरपालिका, पाख्रीबास नगरपालिका र महालक्ष्मी नगरपालिकाबाट नौ घरपरिवार बसाइँ सरेर छथर जोरपाटी आएको गाउँपालिकाका पशुपक्षी विकास शाखा अधिकृत राजकुमार राईले बताउनुभयो ।
यसै आर्थिक वर्षको पुस महिनाभित्र पनि गाउँपालिकाले आह्वान गरेको सार्वजनिक सूचनापछि चार परिवारले बसाइँ सरेर आउन आवेदन दिएको शाखा अधिकृत राईले जानकारी दिनुभयो । यही माघ १५ गतेसम्म समय सीमा राखेर गरिएको आवेदनमा धनकुटा नगरपालिकाबाट दुई परिवार, महालक्ष्मी नगरपालिकाबाट एक परिवार र सङ्खुवासभाको मादी नगरपालिकाबाट एक परिवारले बसाइँ सरेर आउनका लागि आवेदन दिएका छन् ।
गाउँपालिकाले रितपूर्वक बसाइँ सरि आएका परिवारलाई दुहुनो गाई किन्न ६१ हजार रुपैयाँ अनुदान दिने गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।