काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
काठमाण्डाै – धितोपत्र बजारमा साेमवार शेयर कारोबार मापक नेप्से परिसूचक ३७ दशमलव ७० अङ्कले बढेकाे छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक दुई हजार ४०८ दशमलव २४ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ४ दशमलव ९५ अङ्कले बढेर ४३७ दशमलव २८ मा पुगेको छ ।
स्टकका अनुसार दुई सय तीन कम्पनीका एक करोड ३३ लाख ११ हजार नाै सय ४२ कित्ता शेयर ६ अर्ब ९७ करोड २९ लाख ३६ हजार पाँच सय २९ रुपैयाँमा खरिद/बिक्री भए । साेमवारकाे कारोबारपछि कुल बजार पुँजीकरण ३२ खर्ब ४३ अर्ब ७८ करोड ७५ लाख ४० हजार रुपैयाँ बराबर पुगेको छ । कारोबार भएका कुल १२ मध्ये दुई उपसमूहको शेयर ओरालो लागेको छ । बैंकिङ २० दशमलव ०४, व्यापार ४९ दशमलव ४९, होटल १७५ दशमलव ०६, विकास बैंक ५३ दशमलव ३२, जलविद्युत् ३३ दशमलव ६, वित्त ३९ दशमलव ५५, निर्जीवन बीमा १२४ दशमलव ६६, उत्पादन १२० दशमलव ३७, अन्य ५४ दशमलव ०८ र जीवन बीमा ३७९ दशमलव ११ अङ्कले बढ्दा लघुवित्त २७ दशमलव ८१ अङ्कले घटेको छ । सामूहिक लगानी कोषको एकाइ भने तटस्थ देखिएको छ ।
कारोबार रकमका आधारमा पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रह्यो । यस कम्पनीको शेयर ५८ करोड ३३ लाख ७७ हजार नाै सय २३ रुपैयाँमा खरिद/बिक्री भयो । यस्तै नेशनल लाइफ इन्स्योरेन्स कम्पनी २९ करोड ९९ लाख आठ हजार दुई सय ९७, नेपाल लाइफ इन्स्योरेन्स २७ करोड ३८ लाख ५५ हजार चार सय एक, सेन्चुरी कमर्सियल बैंक २६ करोड ९८ लाख ८७ हजार ४०, शिखर इन्स्योरेन्स २० करोड ६४ लाख पाँच हजार सात सय ७९ र एनआईसी एसिया बैंकको शेयर १७ करोड ७५ लाख ५९ हजार ८० रुपैयाँमा खरिद/बिक्री भयो ।
साेमवार सेन्चुरी कमर्सियल बैंक र प्रोगेसिभ फाइनान्स लिमिटेडका लगानीकर्ताले सर्वाधिक १०/१० प्रतिशतले कमाए । यस्तै पोखरा फाइनान्स ९ दशमलव ९६, प्रभु लाइफ इन्स्योरेन्स ९ दशमलव ९५, माउन्टेन इनर्जी नेपाल ९ दशमलव ९१, सोल्टी होटल लिमिटेड ९ दशमलव ९० र तारागाउँ रिजेन्सी होटल लिमिटेडका शेयरधनीले ९ दशमलव ८५ प्रतिशतले कमाए ।
कालिका माइक्रोक्रेडिट डेभलपमेन्टका शेयरधनीले ७ दशमलव २७ प्रतिशतले गुमाए । यस्तै गुराँस लघुवित्त वित्तीय संस्था ५ दशमलव ६०, सारथी नेपाल लघुवित्त वित्तीय संस्था ४ दशमलव ४५, सामुदायिक लघुवित्त वित्तीय संस्था ३ दशमलव ८६, मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक ३ दशमलव ४८ र स्वरोजगार लघुवित्त विकास बैंकका लगानीकर्ताले ३ दशमलव ४० प्रतिशतले गुमाए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।