उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डाै – उत्तराखण्डको चमोली जिल्लाको हिमताल फुट्दा धौलीगङ्गा नदीमा बाढी आएको छ । नदीका कैयौँ तटबन्ध फुटेपछि बाढीको अलर्ट जारी गरिएको छ ।
हिमताल फुट्दा ऋषिगङ्गा जलविद्युत् आयोजनामा क्षति पुगेको छ । समाचार एजेन्सी पीटीआईका अनुसार यस आयोजनामा काम गरिरहेका एक सय ५० मजदुर बेपत्ता भएको आशङ्का गरिएको छ ।
उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावतले ट्वीट गर्दै आफू घटनास्थलतर्फ जाँदै गरेको बताउनुभएको छ । उहाँले ट्वीट गर्दै अफवाद नफैलाउन ध्यान दिन र पुरानो भिडियो शेयर नगर्न आग्रह गर्नुभएको छ ।
भारतका गृह मन्त्री अमित शाहले राहत र उद्धारका लागि राष्ट्रिय आपत् प्रतिक्रिया बल (एनडीआरएफ) को टोली पठाइएको जानकारी दिनुभएको छ ।
हिमताल फुटेपछिको नदीमा आएको बाढी विभिन्न गाउँमा पसेको र घरहरू क्षति गरेको बताइएकाे छ । हिमताल फुटेको सूचना पाएपछि प्रहरीसहित जिल्ला प्रशासन कार्यालयको टोली पनि घटनास्थलतर्फ गएको बीबीसीले जनाएको छ ।
उत्तराखण्डका प्रहरी महानिर्देशक (डीजीपी) अशोक कुमारले भन्नुभयो, ‘हिमतालले ऋषि गङ्गा जलविद्युत् आयोजना पूर्णरुपमा ध्वस्त गरिदिएको छ । त्यहाँ ५० जनाभन्दा धेरै मजदुर काम गर्दथे, उनीहरु पनि हताहत भएको सम्भावना छ । हाम्रो टोली त्यहाँ पुगेको छ । बाढीसँगै आएको माटोमा पुरिएका मानिसहरुको खोजी भइरहेको छ ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।