उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डाै - अमेरिका र क्युवाको सम्बन्ध सुधारका लागि मध्यस्थता गर्न युरोपेली सङ्घ (ईयू) सहमत भएको छ ।
युरोपेली संसदमा क्युवाका नागरिकसँग मैत्री तथा एकता समूहको अनुरोधलाई स्वीकार गर्दै आतंकवादलाई प्रोत्साहित गर्ने देशहरूको सूचीबाट क्युवालाई हटाउन र सम्बन्ध थप सुधार गर्नका लागि अमेरिकी सरकारसँग मध्यस्थता गर्न ईयू तयार भएकाे हाे ।
अमेरिकाले क्युवालाई लगाउँदै आएको आतङ्कवादलाई प्रोत्साहन गरेको आरोप पूर्णरुपमा हटाउन पहल गर्न ईयू तयार रहेको युरोपेली संघका उच्च प्रतिनिधि जोसेप बोरेलले बताउनुभएको क्युवाकाे समाचार संस्था एसीएनले जनाएको छ । क्युवालाई पहिलो पटक अमेरिकाले सन् १९८२ मा आतङ्कवादलाई प्रायोजन गर्ने देशका रूपमा घोषणा गरेको थियो ।
तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामाको कार्यकालको अन्त्यतिर क्युवामाथिको आरोप हटाएर दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना गरिएको थियो । तर अमेरिका र क्युवाबीचको सम्बन्धमा अझै पनि सुधार आएको छैन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।