वैज्ञानिक भन्छन्, ‘हामीले दिएको सुझाव सरकारले नमान्दा भारतको अवस्था भयावह भयो’

 वैशाख १८, २०७८ शनिबार १५:१२:२० | एजेन्सी
unn.prixa.net

काठमाण्डाै - भारतमा सरकारले नै गठन गरेको वैज्ञानिकहरुको समूहले दिएको चेतावनीलाई नमान्दा भयावह अवस्थामा पुगेको पाइएको छ ।

वैज्ञानिक सल्लाहकारहरुको समूहले गएको मार्च महिनामै कोरोना भाइरसको नयाँ भेरियन्ट फैलिन थालेको र त्यो ज्यादै सङ्क्रामक रहेको भन्दै सावधानी अपनाउन चेतावनी दिएको भए पनि प्रधानमन्त्री नरेन्द्र मोदी तथा सरकारले बेवास्ता गरेको बीबीसीले जनाएको छ । सल्लाहकार समितिमा संलग्न चारजना वैज्ञानिकहरुले अब केही समयमै देशको अवस्था नराम्रो हुने भन्दै चेतावनी दिएको भए पनि सरकारले बेवास्ता गरेर सङ्क्रमण रोक्ने प्रयासको सट्टा भीडभाड बढाएको बताएका छन् ।

वैज्ञानिकहरुले समाचार संस्था रोयटर्ससँग कुरा गर्दै सरकारलाई आग्रह गरेकै समयमा कडा प्रतिबन्धहरु लगाएको भए पनि देश अहिलेकाे अवस्थामा नपुग्ने बताएका बीबीसीले जनाएको छ । बढी सङ्क्रामक र घातक भेरियन्ट फैलिरहेको जानकारी दिइसकेपछि पनि लाखौं मानिस भेला भएर धार्मिक कार्यक्रम तथा राजनीतिक सभाहरु गरेकोले सङ्क्रमण व्यापक हुन सहयोग पुगेको वैज्ञानिकहरुको भनाइ छ ।

किसानहरुको आन्दोलन, प्रधानमन्त्री स्वयं तथा सत्तापक्ष र प्रतिपक्षका नेता सहभागी धार्मिक तथा राजनीतिक कार्यक्रमहरुमा मास्क समेत नलगाइ मानिसहरु सहभागी हुनु र यसलाई रोक्नुको सट्टा प्रोत्साहन गर्नु प्रधानमन्त्री मोदी र सरकारको कमजोरी रहेको वैज्ञानिकहरुले बताएका छन् ।

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • लेखनाथ सिग्देल

    May 1, 2021, 8:20 p.m.

    बिज्ञ व्यक्तित्वहरुको सल्लाह सुझाबलाई सधै शिरोपर गर्नुपर्छ।

  •  0 Reply

तपाईको प्रतिक्रिया