सरकार सञ्चालनमा कुनै समस्या नरहेको कांग्रेसको ठहर
माघ ३, २०८१ बिहिबार
मकवानपुर – प्रदेश प्रहरी कार्यालय हेटौँडा र मातहतका कार्यालयले अहिलेसम्म ६ सय ७० थान अक्सिजन सिलिन्डर सङ्कलन गरेका छन् । उद्योग व्यवसाय, वर्कशप, ग्यारेज, ग्रिल उद्योग, कवाडी उद्योग, हाइड्रोपावर, क्रसर उद्योग, विभिन्न पसल तथा व्यक्तिबाट गरी खाली तथा भरिएका अक्सिजन सिलिन्डर सङ्कलन गरेर बिरामीको उपचारमा सहयोग गरिँदै आएको छ ।
वाग्मती प्रदेश प्रहरीले अक्सिजन अभावमा नागरिकको ज्यान जोखिममा परिरहेको अवस्थाप्रति संवेदनशील भइ अक्सिजन सिलिन्डर सङ्कलन गर्ने कार्यलाई अभियानको रूपमा सञ्चालन गरेको हो । सङ्कलित अक्सिजन सिलिन्डर सम्बन्धित जिल्लाको निर्णयअनुसार आवश्यकताका आधारमा विभिन्न अस्पताल, आइसोलेशन केन्द्रमा उपलब्ध गराउने कार्यलाई अघि बढाइएको प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रहरी उपरीक्षक (एसपी) राजकुमार सिलवालले बताउनुभयो ।
कोभिड–१९ का सङ्क्रमितलाई अक्सिजन दिनुपर्ने र अक्सिजन अभावमा मृत्युवरण गर्नुपरेको घटना बढ्दै गइरहेकाले यो अभियान सञ्चालन गरिएको एसपी सिलवालले जानकारी दिनुभयो । अस्पतालमा अक्सिजन सिलिन्डरको खपतसमेत बढ्दै गइरहेकाले अस्पतालबाहेक अन्य विभिन्न प्रयोजनमा प्रयोग हुने सिलिन्डर सङ्कलन गर्ने कार्य गरिएको हो ।
वाग्मती प्रदेश अन्तर्गतका प्रहरी इकाइबाट चलाइएको अभियानमा अहिलेसम्म एक सय २९ थान भरी र पाँच सय ४१ थान खाली गरी जम्मा ६ सय ७० थान अक्सिजन सिलिन्डर सङ्कलन गरिएको एसपी सिलवालले बताउनुभयो । सङ्कलित सिलिन्डर सम्बन्धित जिल्लामै प्रयोग गर्न व्यवस्थापन गरिएकोमा सहयोग गर्न सकिने केही सिलिन्डर अत्यावश्यक भएका अन्यत्र ठाउँहरुमा समेत उपलब्ध गराउने गरिएको छ । जसमध्ये कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र छाउनी काठमाण्डौलाई १० थान भरी र ४० थान खाली सिलिन्डर उपलब्ध गराइएको छ ।
त्यसैगरी स्वर्गद्वारी अक्सिजन उद्योग चितवनलाई ५१ थान, हेटौँडा अस्पताल, धादिङ अस्पताल, रामेछाप अस्पताल, मुग्लिन हाइवे अस्पताललाई ३६ थान भरेको र ९० थान खाली अक्सिजन सिलिन्डर उपलब्ध गराइएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ ।