धनगढीमा माघ १९ गतेदेखि अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगि...
माघ ३, २०८१ बिहिबार
काठमाण्डाै – नेपाली कांग्रेसले नेकपा एमालेसँग मिलेर बनेको अहिलेको सरकारमा कुनै समस्या नरहेको निष्कर्ष निकालेको छ ।
कांग्रेसको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूको कार्यप्रगति विवरण सुनेपछि सभापति शेरबहादुर देउवासहितका नेताहरूले कामलाई तीव्रता दिनुपर्ने तर अहिले नै सरकारमा समस्या आयो भन्न नहुने निष्कर्ष निकालेका हुन् ।
कार्यप्रगति विवरणका बारेमा पत्रकारहरूसँग कुराकानी गर्दै गृहमन्त्रीसमेत रहनुभएका कांग्रेस नेता रमेश लेखकले कांग्रेस र एमाले सम्मिलित सरकारमा कुनै बाधा, व्यवधानहरू नरहेको जिकिर गर्नुभयो । उहाँले सभापतिसँग आफ्नो मन्त्रालयका कामहरू अझ कसरी प्रभावकारी बनाउने भन्ने बारेमा छलफल भएको बताउनुभयो ।
एमाले र कांग्रेसको बीचमा बनेको ७ बुँदे सहमतिअनुसार अहिलेको सत्ता समीकरणलाई अघि बढाउने र राम्रो ढङ्गबाट नागरिकमा सेवा पुर्याउने भन्ने विषयमा छलफल भएको गृहमन्त्री लेखकले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।