शिक्षा र स्वास्थ्य क्षेत्रलाई उन्नत बनाउन सरकार प्रयासरत : प्रधानमन्त्री

 माघ ३, २०८१ बिहीबार १८:१४:२५ | रासस
unn.prixa.net

तस्वीर : रासस

कास्की – प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा र स्वास्थ्य क्षेत्रलाई उन्नत बनाउन सरकार प्रयासरत रहेको बताउनुभएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहलाई सम्बोधन गर्दै कुलपति ओलीले देशमा अनेक क्षेत्रमा परिवर्तन र प्रगति हासिल हुँदै गएकाले ऋषिमुनिले भन्दै आएको ‘सर्वे भवन्तु सुखिनः’ को आधुनिक रूप ‘समृद्ध नेपाल, सुखी नेपाली’ को गन्तव्यलाई ध्यानमा राखेर आफूले काम गरिरहेको स्पष्ट गर्नुभयो ।

प्रधानमन्त्री ओलीले प्रतिष्ठानको स्थापना र पोखरामै रहेर जनशक्ति उत्पादन हुनु एक दृष्टान्त भएकाले पोखरामा १४ जना बिरामीको मिर्गौला प्रत्यारोपण हुनु विशेष उपलब्धिको विषय भएको उल्लेख गर्नुभयो । ओलीले दीक्षित विद्यार्थीहरूलाई दृष्टान्तयोग्य, इमानदार, आदर्शवान् र समाजका लागि उपयोगी हुन शुभकामना दिनुभएको छ ।

प्रतिष्ठानबाट एमडी र एमएसमा उत्तीर्ण ३८ जना विद्यार्थी दीक्षित भएका छन् । प्रतिष्ठानका उपकुलपति प्राध्यापक डाक्टर डुकबहादुर क्षेत्रीले सेवा विस्तारका क्रममा अस्पतालमा ५० शय्याको आकस्मिक विभाग सञ्चालनको तयारी भएको जानकारी दिनुभएको छ ।

अन्तिम अपडेट: माघ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया